पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुग्छ : देउवा « Khabarhub

पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुग्छ : देउवा


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्‍याएकाे उल्लेख गरेका छन् ।

हिन्दू धर्मावलम्बीहरूले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने ‘महाशिवरात्रि’ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले विभिन्न समुदायमा रहेका धार्मिक र सांस्कृतिक निधिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा दिने महाशिवरात्रिलगायत पर्वले सबै जातजाति, धर्म, वर्ग र पेसा अवलम्बन गर्ने नेपालीका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाएको उल्लेख गरेका छन् ।

सभापति देउवाले महाशिवरात्रिको अवसरमा आफू र आफ्नो पार्टी कांग्रेसका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ६ : ५८ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान