स्पेनका लागि नेपाली राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत « Khabarhub

स्पेनका लागि नेपाली राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

स्पेन– स्पेनका लागि नेपालका  राजदूत शनिल नेपालले नरेश फेलिपे छैटौँ समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका गरेका छन् ।

म्याड्रिडस्थित राजप्रसादमा गत सोमबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र पेस गरेपछि स्पेनी नरेशसँग भएको शिष्टाचार भेटमा नेपाल तथा स्पेनबीच सम्बन्धका विविध पक्षबारे सङ्क्षिप्त छलफल भएको म्याड्रिडस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत नेपालले राष्ट्रपति रामचन्द्र पौडेलका साथै नेपाल सरकार र नेपाली जनताका तर्फबाट स्पेनका नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै स्पेनका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए ।

उनले नेपालको परराष्ट्र नीति, विकासका प्राथमिकता र प्रयास, जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधानका प्रयत्न तथा पर्यावरणीय चुनौतीको सामाना गर्न अन्तरराष्ट्रिय सहयोगको महत्वलगायत विषयमा छलफल भएको दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ७ : ११ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर