बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव | Khabarhub Khabarhub

बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बंगलादेश– बङ्गलादेशमा नेपाली सेना दिवस एवं साहित्यिक महोत्सव आयोजना गरिएको छ । ढाकास्थित नेपाली दूतावासमा दुवै कार्यक्रम आयोजना गरिएका हुन् ।

नेपाली सेनाको २६२औँ स्थापना दिवसको अवसरमा दूतावास परिसरमा आयोजित स्वागत समारोहमा बङ्गलादेशका लागि नेपालका राजदूत  घनश्याम भण्डारीले सेना दिवसबाट नेपाल र नेपाली जनताप्रति नेपाली सेनाको अटल समर्पण, वफादार र सेवा झल्कने बताए ।

उनले नेपाल र बङ्गलादेशबीचको सैन्य सहयोगलाई उजागर गर्दै त्यसबाट मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न योगदान पुग्ने विश्वास व्यक्त गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

दूतावासका सैन्य सहचारी महासेनानी अञ्जनकेशर खत्रीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षामा नेपाली सेनाको भूमिकाबारे चर्चा गर्र्दै नेपालको सामाजिक, आर्थिक विकासमा नेपाली सेनाको योगदानका साथै संयुक्त राष्ट्रसङ्घको आह्वानमा  अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले निर्वाह गरेको योगदानबारे जानकारी गराए ।

दूतावासका अनुसार समारोहका प्रमुख अतिथि, बङ्गलादेशका प्रधानसेनापति जनरल वाकर–उज–जमानले नेपाल र बङ्गलादेशका सशस्त्र बलबीचको मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गरेका थिए ।

यसैबीच, दूतावासले मङ्गलबार दिउँसो बङ्गलादेश–नेपालमैत्री समाजसँगको सहकार्यमा साहित्यिक समारोह पनि आयोजना गरेको थियो ।

त्यस अवसरमा नेपाल र बङ्गलादेशबीचको सांस्कृतिक तथा भाषिक समानताका विविध पक्षलाई उजागर गर्दै स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए ।

राजदूत भण्डारीले नेपाल र बङ्गलादेशबीचको सांस्कृतिक सम्बन्ध तथा जनता–जनताबीचको सम्पर्कलाई साहित्यिक आदानप्रदानका कार्यक्रमले अझ सुदृढ बनाउन सहयोग गर्ने बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ८ : ०३ बजे

प्रहरीले भन्यो : जेन-जीका नाममा लुटपाट र आगजनी गर्नेको तस्बिर, भिडियो पठाइदिनुस्

काठमाडौँ– नेपाल प्रहरीले यही मंगलबार र बुधबार जेन-जीका नाममा भएको

धरानको भाटभटेनीमा भेटियो खरानी भएको शव

सुनसरी– जेनजीको नाममा अराजक समूहले आगजनी गरेको धरान १० पुतलीलाइनस्थित

सुशीला कार्कीलाई योगेशले भने- भ्रम नफैल्याउनुस्, यही संविधानबाट निकास खोज्नुस्

काठमाडौँ- नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई

जेन-जी आन्दोलनमा गण्डकी प्रदेशभर १ सय ४३ वटा निजी तथा सरकारी संरचना क्षतिग्रस्त

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा गण्डकी प्रदेशभर १ सय ४३ वटा

प्रहरीले माग्यो जेनजीको प्रदर्शनमा आगजनी र लुटपाटका सबुत

काठमाडौं– नेपाल प्रहरीले जेनजी आन्दोलनमा भएको लुटपाटमा संलग्न व्यक्तिहरूको प्रमाणमा