सेनाले टुँडिखेलमा यसरी मनायो स्थापना दिवस (तस्बिरहरू) « Khabarhub

सेनाले टुँडिखेलमा यसरी मनायो स्थापना दिवस (तस्बिरहरू)


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मनाएको छ। नेपाली सेनाले टुँडिखेलमा स्थापना दिवससँगै शिवरात्रिको अवसरमा बढाइँ पनि गरेको छ ।

शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भए ।

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

त्यसअवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत सांस्कृतिक कार्यक्रम गरिएको छ ।

सेना दिवसका अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगायत उपस्थित थिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी र राष्ट्रपतिको सचिवालय

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १२ : ४६ बजे

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

धरान– यहाँको रामधुनी नगरपालिका–६स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय