ट्रम्पले विदेशी नागरिकलाई भने– ५० लाख डलर देऊ, नागरिकता लैजाऊ « Khabarhub

ट्रम्पले विदेशी नागरिकलाई भने– ५० लाख डलर देऊ, नागरिकता लैजाऊ


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० लाख डलर तिरेर विदेशीलाई अमेरिकी नागरिकता दिने नीति अघि सारेका छन् ।

मंगलबार वासिंगटनस्थित ओभल अफिसबाट उनले भने, ‘हामी गोल्ड कार्ड बेच्दैछौं । तपाईंसँग ग्रिन कार्ड छ। यो गोल्ड कार्ड हो। हामी त्यो कार्डको मूल्य लगभग पाँच मिलियन राख्नेछौँ र त्यसले तपाईँलाई ग्रिन कार्ड विशेषाधिकार दिनेछ, साथै यो नागरिकताको बाटो हुनेछ। र, धनी मानिसहरू यो कार्ड किनेर हाम्रो देशमा आउनेछन्।’

गोल्ड कार्ड करिब दुई सातापछि विक्री सुरु हुने ट्रम्पले बताएका छन् । ५० लाख डलर भनेको नेपाली रुपैयाँ करिब ७० करोड जति हुन्छ ।

सीएनएनका अनुसार राष्ट्रपति ट्रम्पले यस्तो गोल्ड कार्ड रुसी प्रभावशाली व्यापारीहरूलाई पनि बेचिने बताएका छन् । उनले केही रुसी धनाढ्यहरू अत्यन्तै राम्रा मान्छेका रूपमा आफूले चिनेको बताएका छन् । ट्रम्पले रुसी नागरिकलाई लक्षित गरी यस्तो योजना अघि सारिएको अनुमान गरिएको छ ।

अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिकले यस्तो कार्डले अमेरिकी सरकारको इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसालाई विस्थापित गर्ने बताए । इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसा विदेशी लगानीकर्तालाई अमेरिकी परियोजनाहरूमा लगानी गरेर रोजगारी सिर्जना गर्ने प्रयोजनका लागि दिने गरिन्छ । 

ट्रम्पको पहिलो कार्यकालमा कांग्रेसका सांसदहरूबाट यस कार्यक्रमको आलोचना भएको थियो, धेरैले यो आफ्नो लक्ष्यबाट विचलित भएको र सुधारको आवश्यकता रहेको चेतावनी दिएका थिए। 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १ : २९ बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल