काठमाडौं- महाशिवरात्रिको दिन बुधबार पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ।
बुधबार बिहान ३ बजेबाटै मन्दिरका ढोका खुलाइएका थिए । अहिले पनि लामो लाइन लागेर दर्शन गर्ने जारी छ ।
साधु-सन्तहरू धुनी जगाएर बसेका छन्, भजनकीर्तन गुञ्जिएको छ । अहिले हरहर महादेवको गुञ्जनले वातावरण आध्यात्मिक बनेको छ।
भक्तजनहरू बेलपत्र, दूध र गंगाजल चढाउँदै पूजा गरिरहेका छन् । सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्वयंसेवकहरू दर्शन व्यवस्थापनमा खटिएका छन्। शिवभक्तहरूको उत्साहले पशुपति क्षेत्र भक्तिमय बनेको छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी









प्रतिक्रिया