‘फेरि रेशम फिलिली’ प्रिमियरमा प्रतिक्रिया- पैसा असुलदेखि छुटाउनै नहुने फिल्मसम्म « Khabarhub

‘फेरि रेशम फिलिली’ प्रिमियरमा प्रतिक्रिया- पैसा असुलदेखि छुटाउनै नहुने फिल्मसम्म


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘फेरि रेशम फिलिली’को मंगलरबार साँझ पुल्चोकस्थित एक हलमा प्रिमियर शो सम्पन्न भएको छ । प्रिमियरमा कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।

प्रिमियरपछि सिनेमाकर्मीबाट फिल्मले राम्रो प्रतिक्रिया पाएको छ । यो कुरा प्रिमियर पश्चात उनीहरूको अनुहारमा देखिएको खुसीले पनि प्रष्ट हुन्थ्यो ।

नायिका शिल्पामा मास्केले फिल्मको हास्य खुराक विशेष रुपमा मन परेको प्रतिक्रिया दिइन् । साथै उनले डेब्यू निर्देशक निरोज महर्जनको काम उत्कृष्ट लागेको बताइन् ।

उनले थपिन्, ‘मलाई फिल्म एकदमै मनोरञ्जनात्मक लाग्यो । कथा बगेको छ । प्राविधिकरुपमा पनि फिल्म अब्बल छ ।’

नायिका ऋचाले शर्माले भने फिल्म हेर्दा आफू हलमा सबैलाई थाहा हुने गरी हाँसेको बताइन् । फिल्मबारे उनले थपिन्, ‘पहिलो पटक ट्रेलर हेरेर अपेक्षा गरेकोभन्दा राम्रो फिल्म हेर्न पाएँ ।’

उनले व्यक्तिगतरुपमा पनि निर्देशक निरोजको कामको प्रशंसा गरिन् । उनले अगाडि भनिन्, ‘अच्छा अच्छा निर्देशकभन्दा राम्रो काम गर्नुभएको छ ।’

गायत तथा संगीतकार कालीप्रसाद बाँस्कोटाले सुरुदेखि अन्त्यसम्म फिल्मले हसाँएको प्रतिक्रिया दिए । भने, ‘फिल्म सुरू हुँदादेखि हाँसेको अन्त्यसम्म हाँसेरै निस्किन पाइयो ।’

अहिलेका चल्तीका प्रडक्सन डिजाइनर शंकर पाण्डेले भने कथा र आफ्नो भूमिकालाई सबै कलाकारले न्याय गरेको प्रतिक्रिया दिए ।

त्यस्तै, कलाकार सुमन कार्कीले भने फिल्ममा ‘हजमोला’को भूमिका निर्वाह गरेका आफ्ना समकालीन मेक्सम गौडेललको अभिनयको तारिफ गरे । उनले भने, ‘फिल्म हेर्दा मज्जा आयो । मेक्सम गौडेल जिन्दावाद !’

नायिका सिम्रन पन्तले कामेश्वर चौरासियाको अभिनय अब्बल रहेको बताइन् । उनले भनिन्, ‘उहाँको अभिनय केकमा चेरी ।’

कमेडी च्याम्पियनका विजेता भरतमणि पौडेलले पनि साथी मेक्सन गौडेलको काम मनपरेको प्रतिक्रिया दिए । उनले भने, ‘गौडेलले राम्रो काम गर्नुभएको रहेछ । फिल्म हेर्दा उहाँको जस्तो अभिनय गर्न म सक्दिनँ भन्ने लाग्यो ।’

‘ए मेरो हजुर’ सिरिजका निर्माता सुनीलकुमार थापाले सिनेमा सोचेभन्दा धेरै राम्रो बनेको प्रतिक्रिया दिँदै कामेश्वरको अभिनय क्षमतको प्रशंसा गरे ।

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिताम्बर’की निर्देशक कृषा चौलागाईंले प्रतिक्रिया छ, ‘उत्कृष्ट फिल्म । फिल्म हेरेन भने रमाइलो गर्नै छुट्नुहुन्छ ।’

‘कबड्डी’ सिरिजका ‘झाँक्री’ पात्रबाट लोकप्रिय बनेका सिनेमा लेखक, निर्देशक तथा साहित्यकार उपेन्द्र सुब्बाले आफ्ना दुवै हातले ‘थम्सअप’ गर्दै ‘बबाल, बाबाल, बाबाल फिलिली’ भन्ने प्रतिक्रिया दिए।

अर्का कमेडियन सुमन कोइरालाले फिल्म ‘पैसा असुल’ बनेको प्रतिक्रिया दिए । उनले भने, ‘मलाई नेपालमा बनेको कमेडी फिल्म यत्तिको टेक्निकल, कथाहरू यत्तिको अर्गानिक र यस्तो राम्रो तरिकाले देखाएको थाहा छैन।’

प्रिमियरका केही तस्बिरहरु :

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ४ : २३ बजे

मधेस विश्वविद्यालयमा तीन नयाँ शैक्षिक कार्यक्रम विस्तार हुँदै

जनकपुरधाम- मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८३ देखि थप तीन वटा

गत आवमा नेपालगन्ज भन्सारबाट २० अर्ब राजस्व संकलन

नेपालगञ्ज–  नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२-८३ मा २०

इरानमा लगातार अमेरिकी सेनाको हवाई आक्रमण, सैन्य तथा ऊर्जा पूर्वाधार लक्षित

काठमाडौं– अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमा लगातार सातौं रात हवाई

इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी

एजेन्सी– इरानले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य