परराष्ट्रमन्त्रीद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता | Khabarhub Khabarhub

परराष्ट्रमन्त्रीद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डाआरजु राणा देउवा र स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबीच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी उनीहरूबिच बुधबार साइडलाइन भेटवार्ता भएको हो । 

भेटमा मन्त्री डा देउवाले युरोपियन युनियनका समेत विदेश तथा सहयोगमन्त्रीका रूपमा रहेका म्यानुअलसँग युरोपियन युनियनको एक महत्वपूर्ण सदस्यका रूपमा रहेर स्पेनले नेपालको आर्थिक सामाजिक विकासमा गरेको सहयोगको सराहना गरेकी छन् । सो भेटमा मन्त्री डा देउवाले नेपाललाई कोभिड १९ तथा भूकम्पजस्ता अप्ठेरो समयमा पनि स्पेनले पुर्‍याएको सहायताका लाग धन्यवाद ज्ञापन गरिन्।  

नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने चरणमा रहेकाले आवश्यक सहयोगसहित दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई पर्न सक्ने आवश्यक सहयोगका लागि स्पेनलाई आग्रह पनि गरिन् । मन्त्री डा देउवाले जलवायु परिवर्तनले नेपाललाई परेको असरबारे नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा न्यायका लागि वकालत गरिरहेकाले त्यसमा स्पेनको पनि सहयोगका लागि अपिल गरिन् ।  

मन्त्री डा देउवाले नेपाल संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्यमा  उम्मेदवारी घोषणा गरिसकेको र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिने भएकाले त्यसमा सहयोगका लागि स्पेन सरकारलाई पनि आग्रह गरिन् ।      

साथै उनले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर आगामी मे महिनामा नेपालले सगरमाथा संवाद कार्यक्रमको आयोजना गरेकोले त्यसमा सहभागिताका लागि स्पेनलाई पनि आमन्त्रण गरिन् । 

त्यस अवसरमा मन्त्री डा देउवाले नेपालमा राजदूतावास स्थापना गर्न स्पेनलाई आग्रह पनि गरिन् । 

त्यसैगरी मन्त्री डा देउवाले आजै स्लोभाकियाका विदेशमन्त्री जुरज ब्लानरसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । त्यस क्रममा उनले नेपाल स्लोभाकियाबीचको आपसी सम्बन्धका साथै नेपालले संयुक्त राष्ट्रसंघमा दिएका उम्मेदवारी र जलवायु परिवर्तनको असरका क्षेत्रमा नेपालले उठाउँदै आएका विषयवस्तुहरूका बारेमा पनि कुराकानी गरेकी थिइन् 

त्यसैगरी आजै मन्त्री डा देउवासँग मेक्सिकोका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार सम्बन्धी उपमन्त्री एनरिक जेभियर ओच मर्टिनाजले पनि शिष्टाचार भेट गरेकी थिइन् ।

त्यस अवसरमा उनीहरूबीच नेपाल मेक्सिको सम्बन्धका विविध पक्ष र आगामी दिनमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ४ : ३२ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय