सुडानमा सैन्य विमान दुर्घटना, ४६ जनाको मृत्यु « Khabarhub

सुडानमा सैन्य विमान दुर्घटना, ४६ जनाको मृत्यु


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुडानको खार्तुममा सैन्य यातायातको विमान दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको छ । खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जनाएअनुसार मंगलबारका घटनामा १० जना घाइते भएका छन् ।

सेनासमबद्ध स्वास्थ्य मन्त्रालयले विमानमा सवार १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा रहेको सेनाको सबैभन्दा ठुलो सैन्य केन्द्र वादी सेडना एयर बेस नजिकै मंगलबार राति एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको थियो । 

सन् २०२३ अप्रिलदेखि अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेजसँग युद्धरत रहेको सेनाले उडान भर्ने क्रममा विमान दुर्घटना हुँदा सैनिक र सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेको र त्यस क्षेत्रमा थुप्रै घरहरू क्षतिग्रस्त भएको देखेको बताएका छन् ।

सेनासमर्थित स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै आकस्मिक सेवाका कर्मचारीले बालबालिकासहित घाइते सर्वसाधारणलाई नजिकैको अस्पतालमा पुर्‍याएको जनाएको छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ४ : ४९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले