सुडानमा सैन्य विमान दुर्घटना, ४६ जनाको मृत्यु « Khabarhub

सुडानमा सैन्य विमान दुर्घटना, ४६ जनाको मृत्यु


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुडानको खार्तुममा सैन्य यातायातको विमान दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको छ । खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जनाएअनुसार मंगलबारका घटनामा १० जना घाइते भएका छन् ।

सेनासमबद्ध स्वास्थ्य मन्त्रालयले विमानमा सवार १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा रहेको सेनाको सबैभन्दा ठुलो सैन्य केन्द्र वादी सेडना एयर बेस नजिकै मंगलबार राति एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको थियो । 

सन् २०२३ अप्रिलदेखि अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेजसँग युद्धरत रहेको सेनाले उडान भर्ने क्रममा विमान दुर्घटना हुँदा सैनिक र सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेको र त्यस क्षेत्रमा थुप्रै घरहरू क्षतिग्रस्त भएको देखेको बताएका छन् ।

सेनासमर्थित स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै आकस्मिक सेवाका कर्मचारीले बालबालिकासहित घाइते सर्वसाधारणलाई नजिकैको अस्पतालमा पुर्‍याएको जनाएको छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ४ : ४९ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद