कम्युनिष्टहरुबीच नयाँ आधारमा एकता सम्भव छ : विप्लव « Khabarhub

कम्युनिष्टहरुबीच नयाँ आधारमा एकता सम्भव छ : विप्लव


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कालिकोट– नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरुबिच नयाँ आधारमा नयाँ एकता सम्भव रहेको बताएका छन् ।

रास्कोट नगरपालिकाले बुधबार बिहान आयोजना गरेको स्वागतपछि बोल्दै महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरुबिच नयाँ आधारमा नयाँ एकता सम्भव भएको बताएका हुन् ।

उनले भने, ‘नेपालमा सिंगै देशको नेतृत्व कम्युनिस्ट पार्टीले गर्नु पर्छ, त्यसका लागि ठोस प्रस्तावसहित नयाँ आधारले नयाँ एकता सम्भव छ, माओवादीहरूको बिचको एकता पनि रूपान्तरण सहित सम्भव छ । नेपाललाई नयाँ ठाउँमा लिने नयाँ प्रस्ताव हुनु पर्छ । एकताको नयाँ घोषणापत्र बन्नु पर्छ, एक अर्कोमा मिल्ने होइन नयाँ आधारमा नयाँ एकता हो ।’

उनले नेपालमा दलाल पुँजीवाद प्रमुख समस्या भएको भन्दै नेपालको संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद मात्र हुने दाबी गरे ।

महासचिव विप्लवले नगर सरकारले गरेका राम्रा कामहरु प्रति धन्यवाद दिदै समाजवादी मोडलमा काम गर्न सुझाव दिए । 

उनले नेपालबाट एमसीसी फर्किने कुरा नेकपाको आन्दोलनको प्रभाव भएको जिकिर गर्दै अमेरिकालाई नेकपाले एमसीसी फिर्ता लिएकोमा धन्यवाद दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : ३९ बजे

कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार