‘जनयुद्ध’लाई हिंसा भनेर बादलले सहिदको अपमान गरे : देवेन्द्र पौडेल « Khabarhub

‘जनयुद्ध’लाई हिंसा भनेर बादलले सहिदको अपमान गरे : देवेन्द्र पौडेल


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले ‘जनयुद्ध’लाई हिंसा भन्ने रामबहादुर थापाको अभिव्यक्ति स्वभाविक नभएको बताएका छन् ।

‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले सहयात्री रामबहादुर थापा‘बादल’ले न्यूनतम् नैतिक धरातलबाट तल झरेर ‘जनयुद्ध’बारे दृष्टिकोण बनाउनु स्वभाविक नभएको बताएका हुन्।

उनले ‘जनयुद्ध’ हिंसा नभएको भन्दै परिवर्तनका लागि जनताले लडेको आन्दोलनका रुपमा ब्याख्या गरे।

उनले नेकपा (एमाले) र नेपाली कांग्रेसले पूर्वाग्रही ढंगबाट ‘जनयुद्ध’को अपमान गरेको पनि उल्लेख गरे ।

हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मूलआधार ‘जनयुद्ध’को विद्रुपीकरण हुनु दुर्भाग्य भएको उनले बताए ।

कार्यक्रममा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार रम्तेलकी आमालाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : ५८ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक