नेकपा एमाले देशको विकासको गर्ने पार्टी हो : मुख्यमन्त्री कँडेल « Khabarhub

नेकपा एमाले देशको विकासको गर्ने पार्टी हो : मुख्यमन्त्री कँडेल


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा एमाले देशको विकास गर्ने पार्टी भएको बताएका छन् । 

आज सुर्खेत लेकबेँसी नगर कमिटीले आयोजना गरेको दुईदिने नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेले सरकार सञ्चालन गर्दा देशको विकासले गति लिने गरेको बताए।

एमालेले विभिन्न अभियानका साथ जनतामा जाने र जनताको मन जित्ने काम गरेको मुख्यमन्त्री कँडेलको दाबी छ । एमालेमा विगतमा सदस्य धेरै भएपनि चुनावमा मत कम प्राप्त गरेकाले आफ्नो सदस्यता आफैँ नवीकरण गर्ने नीति लिएको हुँदा जनतालाई ढलमलाएर होइन बुझाएर पार्टी सदस्य बनाउनुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो ।

कर्णालीको विकास गर्ने जिम्मेवारी एमालेको काँधमा आएको उनले बताए। सत्तासाझेदार दलहरुलाई साथमा लिएर एमालेले कर्णाली बनाउने अभियानमा लागेको उनले बताए। 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ६ : २० बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि