पहिलो हाफ गोलरहित बराबरी, दबाबमा राखेर पनि नेपालले गोल गर्न सकेन « Khabarhub

पहिलो हाफ गोलरहित बराबरी, दबाबमा राखेर पनि नेपालले गोल गर्न सकेन


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

फाइनल खेलमा म्यान्मारविरुद्ध भिडेको नेपालले पहिलो हाफमा पर्याप्त दबाब दिएर पनि स्कोर निकाल्न सकेन । नेपालले गरेका तीनभन्दा राम्रा आक्रमणले गोललाइन क्रस गर्न सकेनन्।

दशरथ रंगशालामा साँझ ६ बजेदेखि भइरहेको फाइनल खेल करिब १२ हजार दर्शकबीच भइरहेको छ । नेपालले पहिलो हाफमा पाएका गतिला अवसर खेर फ्याँक्दा चुक्चुकाउनु परेको छ ।

चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए । नेपालले यसअघि आधा दर्जनबढी फाइनल हारिसकेकाले पहिलो उपाधिको खोजीमा छ ।

यसअघि म्यान्मारले लिग चरणका तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शीर्ष स्थानमा रहेको थियो  ।

म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो । त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो ।

नेपालले पनि लेबनान र कीर्गिस्तानलाई पराजित गरेको थियो भने म्यान्मारसँग बराबरी खेलेको थियो ।

फिफाको वरियतामा ५५औं स्थानमा रहेको म्यान्मारलाई सयौँ स्थानमा रहेको नेपालले लिग चरणमा बराबरीमा रोकेकाले फाइनल खेलका लागि उत्साहित छ । त्यहीअनुसार पहिलो हाफमा खेल पनि देखाएको छ ।

फाइनलअघि नेपाली महिला टिमका प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बाले उपाधि जित्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ६ : ५८ बजे

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

धरान– यहाँको रामधुनी नगरपालिका–६स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय