पहिलो हाफमा चुकेको नेपालले दोस्रो हाफमा लगालग गोल खायो « Khabarhub

पहिलो हाफमा चुकेको नेपालले दोस्रो हाफमा लगालग गोल खायो


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल नेपालले लगालग गोल खाएको छ।

खेलको ६१ औँ मिनेटमा काउन्टर एट्याकका क्रममा गोल पोस्टको साइडबाट प्रहार गरेको बलले नेपाली किपर एन्जिला तुम्बापोलाई बिट गर्दै जाली चुमेको थियो ।

म्यानमारले खेलको ६१ औँ मिनेटमा पहिलो गोल गरेलगत्तै अर्को गोल थप्यो । उसले खेलको ६३ औँ मिनेटमा अर्को गोल थपेको हो ।

यससँगै दशरथ रंगशालामा जम्मा भएका करिब १२ हजार नेपाली दर्शक स्तब्ध भएका छन् ।

फाइनल खेलको पहिलो हाफमा पहिलो पर्याप्त दबाब दिएर पनि स्कोर निकाल्न सकेन । नेपालले गरेका तीनभन्दा राम्रा आक्रमणले गोललाइन क्रस गर्न सकेनन्।

करिब १२ हजार दर्शकबीच भइरहेको खेलको पहिलो हाफमा नेपालले स्कोरमा चुकेको फाइदा दोस्रो हाफमा म्यानमारले उठाउँदै दुई मिनेटभित्र दुई गोल गरेको छ ।

चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए । नेपालले यसअघि आधा दर्जनबढी फाइनल हारिसकेकाले पहिलो उपाधिको खोजीमा छ । तर लगालग दुई गोल खाएपछि नेपालले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सम्भावनामा पानी फेरे बराबर भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ७ : २९ बजे

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

धरान– यहाँको रामधुनी नगरपालिका–६स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय