अब ब्ल्याक सीमा आक्रमण नहुने : साउदीमा रुस र युक्रेनले के के सहमति गरे ? « Khabarhub

अब ब्ल्याक सीमा आक्रमण नहुने : साउदीमा रुस र युक्रेनले के के सहमति गरे ?


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

रियाद – साउदी अरेबियामा लगातार तीन दिनसम्म भएको वार्तामा रुस र युक्रेन ब्ल्याक सीमा युद्ध विराम गर्न सहमत भएका छन्। अमेरिकी प्रतिनिधि मण्डलका साथमा रुस र युक्रेनले यस्तो सहमति गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिका र साउदी अरबको समन्वयमा भएको वार्ता गरेपछि रुस र युक्रेनले यो सहमति गरेका हुन्।

अमेरिकासहित युद्ध विराममा सहभागी सबै पार्टीले स्थायी शान्तिका लागि प्रयास जारी राख्ने बताएका छन्। साथै रुस र युक्रेन ऊर्जा केन्द्र र भौतिक संरचनामा आक्रमण नगर्ने पुरानो सहमति कार्यान्वयनमा प्रतिबद्ध रहने सहमति भएको पनि अमेरिकी अधिकारीले जनाएका छन्।

रुसले भने उसले विगतमा गरेका खाद्य तथा मलको सम्झौता लागु भएपछि यो जल सम्झौता लागु हुने बताएको छ। यो वार्तामा रुस र युक्रेनी अधिकारी एक आपसमा भने भेटेका छैनन्। ब्ल्याक सीमा आक्रमण नगर्ने यो सहमति सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।

तस्बिर रोयटर्स

‘यसले कत्ति काम गर्छ हेर्न बाँकी छ। तर यो सही समयमा भएको सही निर्णय हो। यसले सही बाटोमा लैजाने छ,’ किभमा रहेका युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भनेका छन्।

रुसले यो भने निर्णय कार्यान्वयनका लागि बैंक माथि लागेको प्रतिबन्ध तथा स्विफ्ट पे मेन्ट सिस्टम लागु हुनु पर्ने समेत बताएको छ। साथै कृषिका लागि आवश्यक मेसिन तथा खाद्यान्न उत्पादनका लागि आवश्यक पर्ने सामग्री माथि लगाइएको प्रतिबन्ध फुकुवा हुनु पर्ने माग राखेको छ।

सहमति लागु हुने मिति भने अझै खुलेको छैन। अमेरिकाले रुसमाथि लागेका यी प्रतिबन्ध हटाउने विषयमा पुर्नविचार भइरहेको बताएको छ। जेलेन्स्कीले भने रुस आफू कमजोर भएपछि लाचार भएको बताएका छन्। उनले रुसले युद्ध विरामका लागि सहमति कार्यान्वयन नगरेमा अझ धेरै प्रतिबन्धका लागि अनुरोध गर्ने पनि बताए।

रुसका रक्षामन्त्री रुस्तान उमरोभले तेस्रो पार्टीले सम्झौता कार्यान्वयनमा पहल गर्नुपर्ने र यसमा निगरानी गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ६ : ३५ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ