ब्राजिलको पोस्टमा चार गोल गर्दै अर्जेन्टिनाले निकाल्यो सनसनीपूर्ण जित « Khabarhub

ब्राजिलको पोस्टमा चार गोल गर्दै अर्जेन्टिनाले निकाल्यो सनसनीपूर्ण जित


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबल अन्तरगत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ ले हराएको छ। केही घण्टा अघि मात्र विश्वकप २०२६ मा प्रवेश गरिसकेको अर्जेन्टिनाले ब्राजिलविरुद्ध सनसनीपूर्ण जित निकालेको हो।

घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलको चौथो मिनेटमा जुलियन अल्भारेजको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो। अर्जेन्टिनाका लागि १२ औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गरेका थिए। ब्राजिलका लागि म्याथ्यु चन्हाले २६ औँ मिनेटमा एक गोल फर्काए।

अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरले ३७ औँ तथा जियोलियानो सिमोनीले ७१ औँ मिनेटमा गोल गरे।

अंक तालिकामा अर्जेन्टिना ३१ अङ्कसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको इक्वेडरको २३, तेस्रो स्थानको उरुग्वेको २१ अंक छ। ब्राजिल २१ अङ्कसहित चौथो स्थानमा छ। पाँचौँ स्थानको पाराग्वेको २१ अङ्क छ भने छैटौँ स्थानको कोलम्बियाको २० अङ्क छ।

बुधबार बिहानको अर्को खेलमा पाराग्वे र कोलम्बियाले २-२ गोलको बराबरी खेलेका छन्।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ९ : १९ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी