इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, उद्धारमा खटियो सेनाको हेलिकप्टर | Khabarhub Khabarhub

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, उद्धारमा खटियो सेनाको हेलिकप्टर


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

सुनसरी– इटहरी बजारको मुख्य चोकस्थित सेन्ट्रल प्लाजामा बुधरबार बिहान भएको आगलागीपछि अहिले उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पुगेको छ।

भवनमा लागेको आगो बाहिरैसम्म फैलिएर ठूलो रुप लिएर नियन्त्रणमा मुस्किल भएपछि उद्धारमा काठमाडौंबाट सेनाको हेलिकप्टर गएको हो ।

उक्त आगो निभाउन इटहरी, धरान र आसपासका नगरका वारुण यन्त्र प्रयोग भए पनि बढी उचाइका कारण नियन्त्रणमा लिन मुस्किल भएको थियो ।

इटहरीमा नयाँ भवनमध्ये एक सेन्ट्रल प्लाजा १० तलाको छ । यो भवनमा क्युएफएक्स सिनेमाहल, बरण्डा होटल लगायत सुविधायुक्त पसल सञ्चालनमा थिए ।

हालसम्म आगलागीको कारण खुल्न सकेको छैन। कुनै पनि मानवीय क्षति भएको खबर पनि आएको छैन । वरपरका व्यवसायी र स्थानीयहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।

सरकारले काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर पठाएर उक्त भवनमा फसेकाहरूको उद्धार गरिरहेको छ । उचाइको भवनमा आगो लागेकाले वारुण यन्त्रले निभाउन पनि कठिन भएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : २८ बजे

भोजपुरको ऐतिहासिक चण्डी बजारको संरक्षण

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका– ८ मा रहेको‘ ‘चण्डी बजार’ संरक्षण

दुई मन्त्रीलाई तत्कालै बर्खास्त गरियोस्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको क्याबिनेटका दुईमन्त्रीहरु घुस डिल

अपराधमा संलग्न भएको आरोपपछि दक्षिण अफ्रिकी मन्त्री बर्खास्त

काठमाडौं – दक्षिण अफ्रिकी राष्ट्रपति किरिल रामाफोसाले सङ्गठित अपराधमा संलग्न

गोली प्रहारबाट किशोरीको हत्या

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका– ६, घुस्कीमा गोली प्रहारबाट आइतबार राति

समूहमा विजेता हुँदै फ्रान्स क्वार्टर फाइनलमा

काठमाडौं – नेदरल्यान्ड्सलाई ५-२ ले हराउँदै फ्रान्स महिला युरो कप