सदनमा विपक्षीले अवरोध गरिरहँदा बालुवाटारमा सत्ता पक्ष, प्रधानमन्त्री पनि सहभागी « Khabarhub

सदनमा विपक्षीले अवरोध गरिरहँदा बालुवाटारमा सत्ता पक्ष, प्रधानमन्त्री पनि सहभागी


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले अवरोध गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भने बालुवाटारमा व्यस्त छन् ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सोमबार बर्खास्त गरिएपछि विपक्षी दलहरूले जनताबीच लोकप्रिय र लोडसेडिङ हटाउन निर्णायक भूमिका खेलेको व्यक्तिलाई सरकारले प्रतिशोध साँधेको भन्दै विपक्षीले जवाफ मागेका छन् ।

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई पदबाट हटाएको विषयमा सदनमा विपक्षीहरूले प्रधानमन्त्री ओलीको जवाफ मागेका छन् । उनीहरूले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने बताइरहेका छन् ।

यता प्रधानमन्त्री ओली भने बालुवाटारमा सत्ता पक्षीय दलहरूको बैठकमा व्यस्त छन् । यो सत्ता पक्षको बैठकमा जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् ।

यस्तै, बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता छन् । जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू पनि उपस्थित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस बैठकले भूमि अध्यादेश फिर्ता लिएर विधेयक बनाएर अगाडि बढाउने योजना बनाउँदैछ । यसैबारे सल्लाह गर्न पनि सत्तापक्ष दलहरूको बैठक बसेको हो ।

यता विपक्षीले सदन घेरेपछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि संसद् बैठक रोकेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : ५० बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको