आगलागीपछि सेन्ट्रल प्लाजामा अड्किएका ११ जनाको हेलिकप्टरबाट उद्धार « Khabarhub

आगलागीपछि सेन्ट्रल प्लाजामा अड्किएका ११ जनाको हेलिकप्टरबाट उद्धार


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

सुनसरी – इटहरी बजारस्थित मुख्य चोकमै रहेको व्यवसायिक भवन सेन्ट्रल प्लाजामा आगो लागेपछि अड्किएकाको अहिले उद्धार चलिरहेको छ।

काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टरले उनीहरूको उद्धार गरिरहेको छ । इटहरीका व्यवसायी राजेश श्रेष्ठले यो भवन निर्माण गरेका हुन्।

प्लाजामा फसेकाहरूमध्ये अहिलेसम्म ८ जना पुरुष र ३ जना महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकाबाहेक बाहिरबाट अन्य मानिस नदेखिएका गृहमन्त्रालयले जनाएको छ ।

उद्धार गरिएकालाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा राखिएको छ। प्रहरीका अनुसार उक्त भवनको पाँचौँ तलाबाट आगो लागेको हो ।

अहिले भवनभित्र प्रहरीसहितको उद्धार टोलीले आगो निभाउने र मानिसको खोजी पनि एकसाथ गरिरहेको छ । आगो लागेपछि भवनमा केही मानिस फसेकाले उद्धारका लागि हेलिकोप्टर मगाइएको थियो। त्यसपछि गृहमन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो।

अहिले आगलागी नियन्त्रणका लागि चारवटा दमकल र प्रहरी परिचालन गरिएको छ। यो सेन्टर प्लाजामा होटल बरण्डा, क्युएफएक्स हल, लक्ष्मी सनराइज बैंकलगायत व्यवसाय सञ्चालित छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १ : १० बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा