उपेन्द्रको दाबी- भूमिसम्बन्धी अध्यादेश फिर्ता गराएर सरकारलाई साइजमा ल्यायौँ | Khabarhub Khabarhub

उपेन्द्रको दाबी- भूमिसम्बन्धी अध्यादेश फिर्ता गराएर सरकारलाई साइजमा ल्यायौँ


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता पक्षीय सात दलको बैठक सकिएको छ ।

यस बैठकमा गत माघ २ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ फिर्ता लिने सहमति बनेको छ ।

गत पुस २६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार जारी गरिएको उक्त अध्यादेश माघ १८ गतेकै संसद् बैठकमा पेश गर्ने कार्यतालिका थियो । तर सत्तारुढ जसपा नेपाल र लोसपा नेपाल विपक्षमा उभिएपछि राष्ट्रियसभामा बहुमत नपुग्ने डरले उक्त अध्यादेश सरकारले फिर्ता लिने भएको हो ।

उक्त अध्यादेश फिर्ता लिएर अब विधेयकका रुपमा अघि बढाउने कुरामा सत्ता पक्षबीच सहमति भएको हो ।

उक्त अध्यादेश खासगरी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका कारण रोकिएको थियो । उपेन्द्रले विपक्षमा उभिएको केही समयपछि लोसपा नेपाल पनि विपक्षमा जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई झट्का लागेको थियो ।

बुधबार बालुवाटारमा बसेको बैठकपछि खबरहबसँग कुरा गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेशलाई अगाडि बढ्न नदिएर आफूहरूले जनताको पक्षमा निर्णय गरेको दाबी गरे ।

‘भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई हामीले साइजमा ल्यायौँ । हामीले सुरुबाटै यसमा असहमत थियौँ । सरकारले बल गर्न खोजिरहेको थियो । तर हामीले जताका पक्षमा निर्णय गराएका छौँ’, उनले खबरहबसँग भने, ‘अब यो अध्यादेश अगाडि बढ्दैन । सरकारले कानुन बनाउँदा पर्यावरणको रक्षा गर्ने, वन जोगाउने कुरा स्पष्ट राख्ने सहमति भएको छ ।’

उनका अनुसार अब भूमिसम्बन्धी विधेयक अगाडि बढाउँदा सबै दलबीच सल्लाह गर्ने गरी छलफल चलेको छ । यादवले अगाडि थपे, ‘जनसंख्या, पर्यावरण र वनको अवस्था हेरेर जाने कुरा भएको छ । नयाँ समझदारीका आधारमा देश र जनताको हितमा भूमिसम्बन्धी विधेयक अगाडि बढाउने भनिएको छ ।’

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी वा अव्यवस्थित बसोबासलाई सार्वजनिक जग्गा उपलब्ध गराउने प्रावधान थियो ।

तर अध्यादेशमा सार्वजनिक जग्गा, नदी, खोला वा नहर किनाराको जग्गा पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी वा अव्यवस्थित बसोबासलाई उपलब्ध गराउन सक्ने व्यवस्था राखेको भन्दै सार्वजनिक प्रश्न उठेको थियो । यसैमा टेकेर जसपा र लोसपासँगै सीके राउत नेतृत्वको जनमत पार्टीले पनि अध्यादेशको विरोध गरेको थियो । यसमा नेकपा माओवादी केन्द्रसहितका विपक्षीले पनि आपत्ति जनाएका थिए ।

ठूला व्यापारी, बिचौलिया र भू–माफियाले वन, जङ्गल सार्वजनिक र ऐलानी, पर्ति, हाट र घाटजस्ता सार्वजनिक जग्गामा आँखा गाडेको भन्दै भूमिसम्बन्धी अध्यादेशले देशलाई विखण्डनतर्फ लाने तर्क दलहरूको थियो ।

यो अध्यादेश अघि बढाएमा जसपा र लोसपा सरकारबाट फिर्ता हुने तयारीमा थिए । तर, फागुन २० गते सत्ता गठबन्धनको बैठक बसेर भूमिसम्बन्धी अध्यादेश थाती राख्दै अन्य पाँच अध्यादेश पारित गराउने सहमति भएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १ : २२ बजे

७२ घण्टाभित्र माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने कर्मचारी संगठनको चेतावनी

काठमाडौं– कर्मचारी संगठनहरुले आफ्ना मागहरू ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त

बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक

राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल

काठमाडौं– प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले प्रस्तावित सङ्घीय निजामती सेवा

इजरायलले गाजामा ५० दिनका लागि सहायता रोक्यो : राष्ट्रसङ्घ

एजेन्सी– इजरायलले ५० दिनदेखि गाजा पट्टीमा सबै प्रकारका सहायताको प्रवेश

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीले ज्यान गुमाए

धनुषा – धनुषाको शहीदनगर नगरपालिका–५ बासुदेवपट्टि गाउँमा पारिवारिक कलहका कारण