विपक्षीको अवरोधपछि प्रमुख सचेतकसँग छलफलमा सभामुख « Khabarhub

विपक्षीको अवरोधपछि प्रमुख सचेतकसँग छलफलमा सभामुख


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षीहरूले प्रतिनिधि सभा बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरे छलफलमा जुटेका छन् ।

बुधबार बिहान बसेको बैठकमा अवरोध भएपछि ३० मिनेटका लागि रोकेर सभामुखले थालेको छलफल अहिलेसम्म निष्कर्षमा पुगेको छैन ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ बर्खास्ती प्रकरणमा विपक्षीले सदन घेरेपछि सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रतिपक्षी प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहेको एमाले सांसद पदम गिरीले बताए ।

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई सोमबार बर्खास्त गरिएपछि विपक्षी दलहरूले जनताबीच लोकप्रिय र लोडसेडिङ हटाउन निर्णायक भूमिका खेलेका लाई सरकारले प्रतिशोध साँधेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागिएको छ ।

सभामुख घिमिरेसँगको छलफलमा विपक्षीले प्रधानमन्त्रीले ओलीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान कायम राखेका छन् ।

प्रधानमन्त्री ओली भने बालुवाटारमा सत्ता पक्षीय सात दलको बैठक सकेपछि सदन जाने या राष्ट्रिय स्वयंसेवक भेलामा सम्बोधन गर्न जाने अलमलमा छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  २ : ०८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्