नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट « Khabarhub

नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उत्साह देखिएको छ । नेप्सेमा उत्साह देखिए पनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ ।

आज नेप्से ४०.४७ अंकले अर्थात् १.५६ प्रतिशतले बढेर २६२३.२१ विन्दुमा पुगेको छ । मंगलबार ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज नेप्से बढ्दा कारोबार भने ४ अर्ब २० करोड ४४ लाख रुपैयाँ बराबरको मात्र भएको छ ।

आज दिनभरमा ९१ लाख ४२ हजार ९४१ कित्ता शेयर कारोबार हुँदा २३१ वटा कमपनीको शेयर मूल्य बढेको छ ।

१२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

आज दिनभरमा ३१७ वटा कम्पनी कारोबारमा आउँदा ४८ हजार ७८५ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी अन्य समूह २.२८ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०.४९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ३ : १७ बजे

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा