‘चितवन भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्तीका १६ हजार बढीलाई प्रत्यक्ष लाभ’  « Khabarhub

‘चितवन भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्तीका १६ हजार बढीलाई प्रत्यक्ष लाभ’ 


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानी मन्त्री प्रदीप यादवले चितवन भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्तीका १६ हजार दुई सय ४४ जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्ने बताएका छन् ।

आज चितवन भण्डारा दोस्रो खानेपानी आयोजना उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले विगतमा राप्ती नगरपालिकाका नागरिकहरूले खानेपानी अभावका कारण दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै आजदेखि यहाँका नागरिकका पानीका समस्या सधैँका लागि समाप्त भएको बताए।

उनले भने, ‘यो आयोजना आर्थिक वर्ष २०७७-७८ मा नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालनमा आएको हो । यसले राप्ती नगरपालिका वडा नं’ ४, ५, र ६ क्षेत्रलाई सेवा प्रदान गर्नेछ । यस योजनाबाट तीन हजार दुई सय घरधुरीका १६ हजार दुई सय ४४ जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्नेछ ।’

त्यस्तै, मन्त्री यादवले चितवन राप्ती नगरपालिका भण्डारा क्षेत्रका नागरिकहरूका खानेपानीका समस्या सधैँका लागि समाधान भएको बताउँदै भने, ‘पानीको अभावका कारण यहाँको बसाइँ कठिन थियो, तर आजको दिनले नयाँ युगको सुरुवात गरेको छ ।’

संघीय सरकार, उपभोक्ता समिति, र स्थानीय समुदायको साझा प्रतिबद्धता, सहकार्य, र परिश्रमको फलस्वरूप आज यो महत्त्वपूर्ण योजना हासिल गर्न सफल भएको उनको भनाइ थियो । मन्त्री यादवका अनुसार भण्डारा दोस्रो खानेपानी आयोजनाले राप्ती नगरपालिका ४, ५, र ६ का बासिन्दाहरूलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउनेछ, जसबाट हजारौँ नागरिकको स्वास्थ्यमा सुधार आउनेछ । 

विगतमा यहाँका स्थानीय उपभोक्ताहरू इनार तथा ट्युबवेलको पानी उपभोग गर्न बाध्य थिए, जुन परीक्षण गर्दा हानिकारक जीवाणुयुक्त पाइएकाले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने अवस्था रहेकोमा अब यो योजना सम्पन्न भई सञ्चालनमा आएसँगै यस क्षेत्रका जनताहरूले हरेक दिन २४ सै घण्टा स्वच्छ, शुद्ध, र सुरक्षित खानेपानी उपभोग गर्न पाउने मन्त्री यादवले बताए।

उनले भने, ‘भण्डारा माध्यमिक विद्यालय तथा राप्ती नगरपालिकाले उपलब्ध गराएको जग्गामा आवश्यक पूर्वाधार निर्माण गरिएको छ। यस क्षेत्रका जनताहरूले अबदेखि २४ सै घण्टा स्वच्छ र सुरक्षित खानेपानी उपभोग गर्न पाउनेछन्, जसले यहाँका जनताहरूको स्वास्थ्यमा सुधार ल्याउनेछ ।’

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ४ : ३५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि