‘राजावादी मुर्दावाद’ भन्दै सडकमा निस्किए युवा संघका कार्यकर्ता | Khabarhub Khabarhub

‘राजावादी मुर्दावाद’ भन्दै सडकमा निस्किए युवा संघका कार्यकर्ता


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा मार्चपास र्‍याली गरेको छ ।

‘राष्ट्रिय स्वयम्सेवक भेला-२०८१’ को पूर्वतयारी तथा प्रचार प्रसारका लागि काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्केटअगाडि संघका कार्यकर्ताले नारा-जुलुससहित र्‍याली गरेका हुन् ।

उक्त र्‍यालीमा एमालेका विवादित नेता एवम् महेश बस्नेत पनि सहभाी थिए । मदन भण्डारी पथ हुँदै निकालिएको जुलुसमा एमाले नेता भानुभक्त ढकाल र बस्नेत सहभागी भए ।

राष्ट्रिय युवा संघका इञ्चार्ज राजीव पहाडी, अध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष कृष्णहरि केसी, पुष्प श्रेष्ठ, महासचिव सुमन पुरीसहित तीन सयजतिले सडकमा नाराजुलुस गरेका हुन् । बताइएको छ ।

र्‍यालीका सहभागीहरूले ‘प्रतिगामी तत्वहरू होसियार’, ‘केपी ओली जिन्दावाद’, ‘लोकतन्त्रवादी जिन्दावाद’, ‘राजतन्त्रवादी मुर्दावाद’, ‘विदेशी दलाल मुर्दावाद’ जस्ता नारा लगाएका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ६ : १६ बजे

टप टी-२० सिरिज : आज मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा