प्रधानमन्त्रीबारे जथाभावी नबोल्नुस्, कहाँ पार्लियामेन्टमा जवाफ दिने ? सक्कियो ! (भिडियोसहित) | Khabarhub Khabarhub

केपी ओलीको चेतावनी

प्रधानमन्त्रीबारे जथाभावी नबोल्नुस्, कहाँ पार्लियामेन्टमा जवाफ दिने ? सक्कियो ! (भिडियोसहित)

कोही चिहानबाट नलीखुट्टाका हाड निकालेर फेरी लगाउँदै हिँड्नुएको छ !


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो विक्षीहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । सार्वजनिक कार्यक्रममा आक्रामक भाषण गर्दै ओली राजावादी र माओवादीविरुद्ध खनिए ।

नेपाल विद्युत प्राधिकरणबाट सरकारले कुलमान घिसिङलाई हटाएको विषयमा संसदमा आएर प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने माग गर्दै माओवादी, रास्वपा र राप्रपाका सांसदहरुले बैठक अवरुद्ध पारेका थिए ।

विपक्षीले संसदमा अवरोध गरिरहेका बेला प्रधानमन्त्री ओली एमाले निकट युवा संघले तीनकुनेस्थित रोयल पार्टी प्यालेसमा आयोजना गरेको ‘राष्ट्रिय स्वयंसेवक भेला’ लाई सम्वोधन गर्दै थिए । सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले संसदलाई जवाफ नदिने स्पष्ट पारे ।

‘सरकारले एउटा कर्मचारी निकाल्यो अरे, ठूलो घाटा परेछ कसैलाई, छाती पिटी–पिटी रोइरहेका छन् । एउटा कर्मचारीलाई कारबाही गर्‍यो अरे सरकारले । त्यसको विधि अर्को होला नि, पार्लियामेन्ट बन्द गर्‍या छ !’ प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्रीले आएर जवाफ दिनपर्‍यो रे ! जवाफ दिइसक्यो प्रधानमन्त्रीले । दिइसक्यो । सिद्धियो त अब । कहाँ पार्लियामेन्टमा जवाफ दिने त्यो कुरा ? थाहा पाइएन ? एउटा हटायो, अर्को नियुक्त गर्‍यो । सिद्धियो ।’

प्रधानमन्त्री ओलीले राजावादी र माओवादी दुबैलाई लक्षित गर्दै भने, ‘कोही चिहानबाट नलीखुट्टाका हाड निकालेर फेरी लगाउँदै हिँड्नु भएको छ । कोही आफ्ना अनेक असफलताका पीडा, तडपन र कुण्ठाहरू बोकेर ती कुण्ठाहरू फ्याँक्ने–पोख्ने, छर्ने थलो बनाउन खोज्नुहुन्छ संसदलाई । त्यो हामीले बुझ्या छौँ ।’

आफूविरुद्ध सडकमा नारा लगाइरहेका विपक्षीलाई चेतावनी दिँदै प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्रीको बारेमा जथाभावी नबोल्नुस् । थाहा छ तपाईंहरूको पृष्ठभूमि । के गर्न हिँड्नु भएको थियो, कता हिँड्नु भएको थियो, कहाँ आइपुग्नु भएको छ, त्यो पनि देख्या छ ।… म भन्दिन चाहन्छु– चिसै पानीले नुहाउनुहुन्छ अन्तिममा ।’

प्रधानमन्त्री ओलीको आक्रोशपूर्ण मन्तव्यको अंश जस्ताको त्यस्तै–

हामीलाई शान्ति चाहिएको छ । देशमा हामी शान्ति चाहन्छौँ, दिनैपच्छिेका उपद्रव होइन । अनेक प्रकारका शक्तिहरु छन् । सरकारले एउटा कर्मचारी निकाल्यो अरे, ठूलो घाटा परेछ कसैलाई, छाती पिटी–पिटी रोइरहेका छन् ।

एउटा कर्मचारीलाई कारबाही गर्‍यो अरे सरकारले । त्यसको विधि अर्को होला नि, पार्लियामेन्ट बन्द गर्‍या छ ! प्रधानमन्त्रीले आएर जवाफ दिनपर्‍यो रे ! जवाफ दिइसक्यो प्रधानमन्त्रीले । दिइसक्यो, सिद्धियो त । अब कहाँ पार्लियामेन्टमा जवाफ दिने त्यो कुरा ? थाहा पाइएनन् ? एउटा हटायो, अर्को नियुक्त गर्‍यो, सिद्धियो ।

यसमा पनि फेरि मोर्चाबन्दी ? वाह ! को–को भन्नुहुन्छ उहाँहरूले त्यो–त्यो कर्मचारी के–के भनेर चलाउनुहुन्छ, त्यसै चलिदिने कर्मचारी राखिदिनुपर्ने ? सरकारलाई असहयोग गर्ने । नटेर्ने । देशलाई अप्ठ्यारोमा पार्ने को–को छन्, त्यस्तो राखिदिनुपर्ने । अनुशासनहीनता, अराजकता, राष्ट्रिय घाटा सबै सहनुपर्ने ।

उहाँहरू के–के नै ‘इस्यु’ पायौँ भनेर बोकेर हिँड्ने ! यो हामीले बुझेका छौँ, उहाँहरु देशलाई एक पाइलो अगाडि बढ्न नदिन चाहनुहुन्छ, कानुन पास नदिन कोसिस गरिरहनु भएको छ । त्यसका निम्ति एउटा बहाना– संसद् अवरुद्ध गर्ने ।

सबैलाई थाहा छ, १८ गतेभित्र अध्यादेशहरूलाई विस्थापन गर्ने प्रतिस्थापन विधेयकहरू पारित भएनन् भने कानुन बन्दैन । कानुनको रुपमा रहँदैन । फेरि अर्को विधेयकका रुपमा जानु पार्ला । त्यो कुरा बुझेर काम हुन नदिनका लागि, विधेयक प्रस्तुत पास हुन नदिनका लागि यो सब खेल भइरहेको छ । हामीले बुझेका छौँ ।

सुकुम्बासी समस्या समाधान हुन नदिनका लागि, किसानका समस्या समाधान हुन नदिनका लागि, अरुका समस्या समाधान नहुन दिनका लागि, सबै यो काम उहाँहरू गरिरहनुभएको छ । हामीले बुझेका छौँ ।

(प्रधानमन्त्रीले यसो भनिरहँदा भूमिसम्बन्धी अध्यादेश सरकारले आफैं फिर्ता लिने भएको छ)

म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हल्का, यति उत्ताउलो नहुनुस् तपाईंहरू । र, प्रधानमन्त्रीको बारेमा जथाभावी पनि नबोल्नुस् । थाहा छ तपाईंहरूको पृष्ठभूमि । के गर्न हिँड्नुभएको थियो, कता हिँड्नु भएको थियो, कहाँ आइपुग्नु भएको छ, त्यो पनि देख्या छ ।

कोही चिहानबाट नलीखुट्टाका हाड निकालेर फेरी लगाउँदै हिँड्नु भएको छ । कोही आफ्ना अनेक असफलताका पीडा र तडपनहरू बोकेर, कुण्ठाहरू बोकेर, ती कुण्ठाहरू फ्याँक्ने–पोख्ने, छर्ने थलो बनाउन खोज्नुहुन्छ संसद्लाई । त्यो हामीले बुझ्या छौँ ।

तसर्थ, त्यस्ताखालका क्रियाकलाप नगर्दा हुन्छ भन्छु । के–के न ठूलो अपराध गरे जस्तो ! यो मैले यस्तो सुनेँ, थाहा पाएँ, यो कुरा गलत होस्, असत्य होस्, मैले सुनेको असत्य होस् ! वा ! कुनै महान ठूलो कुरोजस्तो ! कसैले के–के न ठूलो भ्रष्टाचार गरेको जस्तो ! यो असत्य होस्, होइन रहेछ भने नत्र !

म भन्दिन चाहन्छु- चिसै पानीले नुहाउनुहुन्छ अन्तिममा । नत्र–सत्रको काम छैन ।

देशलाई, विकासको गतिलाई, समयको गतिलाई अगाडि बढ्नबाट रोक्न खोज्छ कसैले भने त्यो कुरा हामीलाई सैह्य हुँदैन । पछाडि फर्काउन खोज्छ कसैले भने झन् साह्रो सैह्य हुँदैन । यी कुरामा युवाहरू सचेत हुनुपर्दछ । स्पष्ट हुनुपर्दछ ।

खेल्ने प्रयास अनेक हुन्छन् । भ्रम पार्ने प्रयास अनेक हुन्छन् । म पहिलो कुरा त युवाहरूलाई भन्न चाहन्छु– त्यो तपाईंहरू भ्रमबाट मुक्त हुनुस् । भ्रमबाट मुक्त भएर अगाडि बढ्नुस् ।

भिडियो–

यो पनि-
लामो भन्नु छैन, प्रधानमन्त्रीले स्पष्टीकरण नदिए संसद् चल्दैन : प्रचण्ड
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा स्थगित, भोलि ११ बजे बस्ने

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ७ : १८ बजे

श्रम शोषण भएको भन्दै आवासीय डाक्टरले घेरे मन्त्रालय

काठमाडौं– सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै

काभ्रेमा रगतको चरम अभाव, बिरामी समस्यामा

काभ्रेपलाञ्चोक– बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा

सक्रिय बन्दै न्यायिक समिति, प्यूठान नगरपालिकामा ८७ प्रतिशत विवादमा मिलापत्र

प्यूठान– प्यूठान नगरपालिकाको न्यायिक समितिमा विवादका सङ्ख्या बढेसँगै मेलमिलापका माध्यमबाट

राप्रपाद्वारा जम्मुकश्मिरको घटनाप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारतको जम्मुकश्मिरको पहलगाममा मंगलबार

एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

जाजरकोट– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको