दलहरूले जनतालाई नारा होइन, कार्यक्रम दिनुपर्छ : भानुभक्त जोशी | Khabarhub Khabarhub

दलहरूले जनतालाई नारा होइन, कार्यक्रम दिनुपर्छ : भानुभक्त जोशी


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष भानुभक्त जोशीले राजनीतिक दलहरूले जनतालाई नारा नभइ कार्यक्रम दिनुपर्ने धारणा राखेका छन् ।

पार्टीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको सन्दर्भमा प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘युवा दिनानुदिन विदेशिएका छन् । देशमै रोजगारी कसरी उपलब्ध गराउन सकिन्छ, युवा पलायनलाई कसरी रोक्न सकिन्छ भन्नेमा सबै राजनीतिक दलले ध्यान दिन आवश्यक छ ।’

पूर्वमन्त्रीसमेत रहनुभएका जोशीले भने, ‘विकास निर्माण, बाटोघाटो, सडक, खानेपानी, पुलपुलेसा, सञ्चारलगायत विषयमा प्रगति भएको छ तर पनि जनतामा बेरोजगारी, सुशासनलगायत विषय निराशाजनक छ । सबै दल मिलेर यसको समाधानतर्फ लाग्नुपर्छ ।’

सत्ता र प्रतिपक्षको बीचमा समन्वय गरेर युवामा आएको निराशा चिर्न देशव्यापी रूपमा लाग्नुपर्ने बेला आएको उनको भनाइ छ । पत्रकार सम्मेलनमा पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन यही चैत १७ र १८ गते धनगढीमा हुने जानकारी दिए। 
 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ७ : ४३ बजे

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन