दलहरूले जनतालाई नारा होइन, कार्यक्रम दिनुपर्छ : भानुभक्त जोशी « Khabarhub

दलहरूले जनतालाई नारा होइन, कार्यक्रम दिनुपर्छ : भानुभक्त जोशी


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष भानुभक्त जोशीले राजनीतिक दलहरूले जनतालाई नारा नभइ कार्यक्रम दिनुपर्ने धारणा राखेका छन् ।

पार्टीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको सन्दर्भमा प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘युवा दिनानुदिन विदेशिएका छन् । देशमै रोजगारी कसरी उपलब्ध गराउन सकिन्छ, युवा पलायनलाई कसरी रोक्न सकिन्छ भन्नेमा सबै राजनीतिक दलले ध्यान दिन आवश्यक छ ।’

पूर्वमन्त्रीसमेत रहनुभएका जोशीले भने, ‘विकास निर्माण, बाटोघाटो, सडक, खानेपानी, पुलपुलेसा, सञ्चारलगायत विषयमा प्रगति भएको छ तर पनि जनतामा बेरोजगारी, सुशासनलगायत विषय निराशाजनक छ । सबै दल मिलेर यसको समाधानतर्फ लाग्नुपर्छ ।’

सत्ता र प्रतिपक्षको बीचमा समन्वय गरेर युवामा आएको निराशा चिर्न देशव्यापी रूपमा लाग्नुपर्ने बेला आएको उनको भनाइ छ । पत्रकार सम्मेलनमा पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन यही चैत १७ र १८ गते धनगढीमा हुने जानकारी दिए। 
 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ७ : ४३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल