शहरीकरणको चुनौती सामना गर्दै व्यवस्थापन गर्न सरकार तयार छ : मन्त्री सिंह « Khabarhub

शहरीकरणको चुनौती सामना गर्दै व्यवस्थापन गर्न सरकार तयार छ : मन्त्री सिंह


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार शहरीकरणको चुनौती सामना गर्दै त्यसको व्यवस्थापन गर्न तयार रहेको बताएका छन् ।

नीति प्रतिष्ठानको आयोजनामा बुधबार ललितपुरमा आयोजित शहरी शासन र विकास सम्बन्धी कार्यक्रममा सम्बधोन गर्दै उनले सरकार शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध रहेको बताएका हुन् । उनले अहिले शहरी विकास मन्त्रालयको एजेन्डा आधारभूत सेवामा सबैको पहुँच पुर्याउनु रहेको बताए ।

‘नेपालले पनि अन्य देशहरु जस्तै तीव्र शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गरिरहेको छ । यद्यपी सरकार यो सबै चुनौतीहरुको सामना गर्न र यसलाई व्यवस्थापन गर्न एकदमै प्रतिबद्ध छ,’ उपप्रधानमन्त्री सिंहले भने ।

उनले शहरी विकास मन्त्रालयको मुख्य प्राथमिकता अर्थतन्त्रमा आधारित शहर निर्माण गर्नु रहेको पनस बताए।

‘जहाँ सबैजनाको आधारभूत सेवाको पहुँच हुन्छ । यसको साथै सुरक्षित आवास, स्वच्छ वातावरण, सामाजिक र आर्थिक गतिविधिको अवसर पनि प्राप्त गर्न सकिन्छ । यो योजना पूर्वाधार विकासको लागि मात्र होईन् स्थिर समुदाय विकास गर्नको लागि हो जहाँ सबैले जीवनको आवश्यकता पूरा गर्ने मौका पाउने छन् ,’ सिंहले भने ।

शहरीकरणको चुनौतीहरु सम्बोधन गर्नका लागी नै नेपालको राष्ट्रिय शहरी नीति २०२४ आएको पनि बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ९ : ०१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि