अमेरिकी दूत र पुटिनबीच तीन घण्टा वार्ता : के छ ट्रम्पको प्रतिक्रिया ? « Khabarhub

अमेरिकी दूत र पुटिनबीच तीन घण्टा वार्ता : के छ ट्रम्पको प्रतिक्रिया ?


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

मस्को – अमेरिकी दूत स्टिफ विटकोफ र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीच मस्कोमा शुक्रबार तीन घण्टा लामो वार्ता भएको छ । रुसी प्रतिनिधिमण्डलका युरी युसाकोभले युक्रेनसँगको प्रत्यक्ष वार्ताका लागि केही विषय अझै बाँकी रहेको बताएका छन् । अमेरिकाले सो वार्तामा भएको विषयलाई बाहिर ल्याएको छैन । तथापि राष्ट्रपति ट्रम्पले सामान्य रूपले प्रक्रिया अघि बढेको बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्ण र निःशर्त वार्ताको तयारी भए पनि भूगोल र सीमाको विषयमा छलफल हुने बताए । अमेरिकी प्रयासमा शान्ति सम्झौतामा उल्लेख गरिए बमोजिम धेरै मात्राको भूभाग रुसलाई दिएर युद्ध विराम गर्न युक्रेन तयार भइसकेको जनाइएको छ ।

ट्रम्पले सन् २०१४ देखि कब्जामा लिइएको क्रिमिया रुसलाई वैध रूपमा दिएर वार्ता अघि बढाउने तयारी गरेका छन् । विटकोफले यो वर्ष मात्र मस्कोको चौथो भ्रमण हो । ट्रम्पले बारम्बार युक्रेनलाई युद्ध विरामका लागि दबाब दिइरहेको समयमा जेलेन्स्कीले एक दिन अघि मात्र क्रिमिया अन्य कसैलाई दिने अधिकार युक्रेनी नागरिकमा मात्र भएको बताएका थिए ।

युद्ध पूर्ण रूपमा अन्त्य हुने विषयमा भूगोलको सीमाको विषयमा कुरा गर्न जेलेन्स्की तयार भएको जनाइएको छ । टाइम म्यागेजिनसँगको पछिल्लो अन्तरवार्तामा भने जेलेन्स्कीले अमेरिकी प्रस्ताव मान्ने पक्षमा आफूलाई तयार राखेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ६ : २० बजे

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित