अन्दोलनबाट फर्किरहेका शिक्षक चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते | Khabarhub Khabarhub

अन्दोलनबाट फर्किरहेका शिक्षक चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

झापा – काठमाडौंबाट झापा आइरहेको प्रदेश १-०१-००१-ख ४२ नम्बरको यात्रुबाहक रात्रिबस शनिबार बिहान झापाको शिवसताक्षी नगरपालिका-९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताइन्।

दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए। जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ।

“म ड्राइभरको सिट पछाडि नै थिएँ”, घाइते शिक्षक भण्डारीले भने, “अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो। एक्कासी गाडी सडकबाट पल्टियो। मुस्किलले बाँचियो। गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई गाडीबाट छिटोछिटो उद्धार गरेर बाहिर निकालेँ।”

बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालय टोली घटनास्थलमा पुगेको उनको भनाइ छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : १५ बजे

कमल थापा र दीपक सिंहसहित सात जना रिहा, एक जना हिरासतमै

काठमाडौं – राजावादीहरूको प्रदर्शनका क्रममा आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका

भोलिदेखि सार्वजनिक यातायात बन्द गर्ने व्यवसायीहरुको घोषणा

पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ्’ नियमावलीविरुद्ध सार्वजनिक

क्यान्सर पीडित गौतमको गुनासो : प्रचण्डले आश्वसन मात्र दिए, सहयोग गरेनन्

काठमाडौं – लामो समयदेखि क्यान्सरसँग लडिरहेका ‘नक्कली प्रचण्ड’का नामले चिनिने

जिमखानामा भेटिएको ‘राजा फर्काउने’ केटो !

म सधैंभरि ‘एक्सरसाइज’ गर्नुपर्ने भएकाले जंगलमा दौडिन्थें । अहिले चाहिँ

चौथो सातामा ‘ऊनको स्वीटर’, अहिलेसम्म कति कमायो ?

काठमाडौं – यो वर्षको पहिलो हिट फिल्म ‘ऊनको स्वीटर’ चौथो