सरकार र शिक्षाबीचको पहिलो चरणको वार्ता सकियो : फेरि छलफल हुने « Khabarhub

सरकार र शिक्षाबीचको पहिलो चरणको वार्ता सकियो : फेरि छलफल हुने


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २५ दिनदेखि काठमाडौंमा प्रदर्शनरत शिक्षक र सरकारबीच सिंहदरबारमा भएको पहिलो चरणको वार्ता सकिएको छ।

काठमाडौंमा आन्दोलित शिक्षकका माग सम्बोधनका लागि शिक्षामन्त्री रघुजी पन्तको आह्वानमा शनिबार बिहान भएको वार्ता सकारात्मक ढंगले अगाडि बढेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

‘छलफल भयो। फेरिफेरि छलफल गर्ने गरी अहिलेको छलफल सकिएको छ। फेरि कहिले छलफल गर्ने भन्ने समय तोकिएको छैन’, वार्तापछि पत्रकारलाई छोटो प्रतिक्रिया दिँदै अध्यक्ष सुवेदीले भने।

शिक्षा मन्त्रालयमा विभागीय मन्त्री पन्तको उपस्थितिमा शिक्षा सचिव दीपक काफ्ले, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा सहभागी थिए। शिक्षकले चैत २० गतेदेखिको आन्दोलनलाई निरन्तरता दिँदै आएका छन्।

वार्तामा सहभागी शिक्षामन्त्री रघुजी पन्तलगायत ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : ५४ बजे

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको