नेता डंगोलको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त « Khabarhub

नेता डंगोलको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले शनिबार शोक वक्तव्य जारी गर्दै डंगोलको निधनले आफू निकै मर्माहत भएको बताएका छन् । 

कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको डंगोलको निधनबाट पार्टीले कुशल संगठनकर्ता, अग्रज र एक अनुभवी राजनीतिज्ञलाई गुमाएको वक्तव्यमा उल्लेख छ । कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका पूर्व सभापतिसमेत रहेका डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । 

उनी विगत लामो समयदेखि प्रोस्टेट क्यान्सर, मधुमेहबाट पीडित थिए । डंगोलको पार्थिव शरीरलाई शनिबार बिहान ११ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । उनको शनिबार दिउँसो २ बजे काठमाडौंको टेकु दोभानमा दाहसंस्कार गरिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ)का संस्थापक सदस्य समेत रहेका डंगोल २०४३ मा काठमाडौं नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए । 

२०५६ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित डंगोल २०६४ मा संविधान सभाको सदस्य पनि थिए । उनले निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२-०६३ मा पार्टीको काठमाडौं जिल्लाका सभापतिको हैसियतले जनआन्दोलनको नेतृत्व गरेका थिए । 

‘नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूका क्रममा उहाँले पटक-पटक जेल जीवन समेत बिताउनुभएको थियो,’ सभापति देउवाद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘स्वर्गीय डंगोलले पार्टीका विभिन्न पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १२ : २१ बजे

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का