प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा २३ वटा ‘अति संवेदनशील’ रहेका बताएको छ । 

‘सुरक्षा अति संवेदनशील र संवेदनशील मतदानस्थलको सुरक्षा व्यवस्था कडा पारिनेछ’, जिल्ला प्रहरी प्रमुख कोमल शाहले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन निर्वाध सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाकर्मी कार्यस्थलनमा परिचालन हुने प्रतिबद्धता व्यक्त गर्दै भने । 

जिल्लामा दुई हजार २६९ जना निर्वाचन प्रहरी तथा नेपाल प्रहरीबाट एक हजार ११५ र सशस्त्र प्रहरीबाट ३५० जना परिचालन गर्ने योजना  छ । 

काभ्रेपलाञ्चोकमा  कायम तीन लाख २६ हजार ६११ मतदातामध्ये एक लाख ६७ हजार ४९९ पुरुष र ५९ हजार ११० महिला र दुई जना अन्य छन् । 

यसैबीच, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निवार्चनका लागि जिल्लामा निर्वाचन प्रहरी छनोटअन्तर्गत बिहीबार धुलिखेलमा निर्वाचन प्रहरीको लिखित परीक्षा र अन्तर्वार्ता लिइएको छ । माग भएको निवार्चन प्रहरी सङ्ख्यामा दुई हजार ४९३ ले आवेदन दिएकामध्ये परीक्षामा दुई हजार २८३ सामेल जिल्ला प्रहरीले जनाएको छ । 

जिल्लाको दुई प्रतिनिधिसभा दुई निर्वाचन क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा ४२ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन क्षेत्र नं १ मा १५ दल र तीन स्वतन्त्र तीन गरी १८ जना प्रतिस्पर्धामा उत्रिएका हुन् । 

 निर्वाचन क्षेत्र नं २ मा १६ दल, आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्लास्थित मुख्य निर्वाचन कार्यालयले जनाएको छ । उसका अनुसार जसमध्ये क्षेत्र नं २ मा दुईवटा दल र एक जना स्वतन्त्र गरी तीन जना महिला प्रतिस्पर्धामा छन् । 

क्षेत्र नं १ मा अन्य समूहबाट एक जना प्रतिस्पर्धामा छन् भने ११ जना स्वतन्त्र उम्मेदवार छन् । दलित उम्मेदवार छैनन् तर जनजातितर्फबाट २५ जना प्रत्याशी बनेका छन् । 
 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ९ : ३५ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया