नेपाल–चीन सांस्कृतिक सम्बन्ध विस्तारका लागि लुम्बिनी महोत्सव « Khabarhub

नेपाल–चीन सांस्कृतिक सम्बन्ध विस्तारका लागि लुम्बिनी महोत्सव


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘नेपाल–चीन बौद्ध संस्कृति र कला’ विषयक अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई शनिबार स्वागत गरे । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको छ ।

महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने महोत्सवको समन्वय सारीपुत्र फाउन्डेसनले गरेको छ । नेपाल र चीनबीचको कला र संस्कृति प्रवर्द्धनको उद्देश्यसहित महोत्सव हुन लागेको हो । चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् ।

संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् । महोत्सवमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । महोत्सवमा पाँच हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १२ : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्