अमेरिकासँग व्यापार वार्ता भएको छैन : चीन « Khabarhub

अमेरिकासँग व्यापार वार्ता भएको छैन : चीन


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको फोन आएको दाबी गरे पनि चीनले अमेरिकासँग व्यापारका विषयमा कुनै वार्ता नभएको शनिबार बताएको छ ।

गत अप्रिल २२ मा टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चिनियाँ नेतासँगको कुराकानी कहिले भएको थियो वा के छलफल भएको थियो भन्नेबारे नबताइकन व्यापार वार्ता भएको दावी गरेका थिए । 
 
ट्रम्पले भने, ‘उहाँलाई बोलाइएको छ र मलाई लाग्दैन कि यो मेरो तर्फबाट भएको कमजोरीको सङ्केत हो।’

चीनको वाणिज्य मन्त्रालयले बेइजिङ र वासिङ्टनबीच आर्थिक वा व्यापारिक वार्ता भइरहेको भन्ने कुरा बिहीबार नै अस्वीकार गरिसकेको छ ।

चिनियाँ सामाजिक सञ्जाल विच्याटमा शनिबार पोस्ट गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘चीन र संयुक्त राज्य अमेरिकाबीच कर वृद्धिका विषयमा कुनै परामर्श वा वार्ता भएको छैन, कुनै सम्झौताको त कुरै छाडौँ ।’

वक्तव्यमा ट्रम्प वा सीको नाम उल्लेख गरिएको छैन वा ट्रम्पको फोन वार्ताको दाबीलाई प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन तर संयुक्त राज्य अमेरिकाको कर वृद्धिबारे वार्ता जारी छ भन्ने टिप्पणी ‘भ्रामक बाहेक अरू केही होइन’ भनिएको छ । 
 
‘यो व्यापार युद्ध अमेरिकी पक्षले सुरु गरेको हो,’ विज्ञप्तिमा भनिएको छ।

“यदि अमेरिका वास्तवमै वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहन्छ भने उसले पहिले आफ्नो गल्ती सच्याउनुपर्छ, अरूलाई धम्काउने र दबाब दिन बन्द गर्नुपर्छ र चीनविरुद्धको सबै एकपक्षीय कर वृद्धिलाई पूर्ण रूपमा हटाउनुपर्छ ।

ट्रम्पले चिनियाँ सामानमा लगाएको करका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीचे व्यापार युद्ध सुरु भएको छ । अमेरिकी कर वृद्धिको घोषणासँगै अमेरिका आयात हुने धेरै चिनियाँ उत्पादनमा १४५ प्रतिशत पुगेको छ । चीनले पनि अमेरिकाविरूद्ध प्रतिशोधात्मक कर वृद्धिको घोषणा गरेको छ । 

ट्रम्पले आगामी केही हप्तामा अमेरिकी व्यापारिक साझेदारहरूसँग सम्झौताको घोषणा गर्ने बताएका छन् ।
  

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १२ : ४३ बजे

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं– प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै