गाडीको ठक्करबाट मृत्यु भएका कालिबहादुरको शव बुझेनन् आफन्तले, सात दिनदेखि आन्दोलनमा  « Khabarhub

गाडीको ठक्करबाट मृत्यु भएका कालिबहादुरको शव बुझेनन् आफन्तले, सात दिनदेखि आन्दोलनमा 


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ रेडियो नेपाल नजिकै फोरलेन सडकमा बाँगेशीमलबाट बसपार्क जाँदै गरेको फोर्स गाडीले आइतबार बिहान ठक्कर दिँदा मृत्यु भएका कालीबहादुर बुढाका आफन्त निरन्तर आन्दोलन गर्दै आएका छन् । बुढाका आफन्तले निरन्तर आइतबारदेखि आन्दोलन गर्दै आएका छन् । 

शनिबार पनि बिहानैदेखि वीरेन्द्रनगरको एरीचोकमा प्रदर्शन जारी राखेका छन् । जुम्लाको हिमा गाउँपालिका–४ का ५५ वर्षीय बुढाको वैशाख ७ गते वीरेन्द्रनगर सुर्खेतको रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको मध्यपश्चिम यातायात प्रालिको फोर्स गाडीले ठक्कर दिएको थियो । प्रदेश अस्पताल पुर्‍याइएका उनलाई डाक्टरले मृत घोषणा गरे । 

मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गर्न बाध्य भएको आन्दोलन सङ्घर्ष समिति संयोजक छत्रबहादुर शाहीले बताए । प्रहरीले गाडी चालक दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का २४ वर्षीय तेज थामीमगरलाई नियन्त्रणमा लिइसकेको छ । 

मृतकका आफन्तहरूले उचित न्याय नपाउँदासम्म शव नबुझ्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : ०५ बजे

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली