गाडीको ठक्करबाट मृत्यु भएका कालिबहादुरको शव बुझेनन् आफन्तले, सात दिनदेखि आन्दोलनमा  « Khabarhub

गाडीको ठक्करबाट मृत्यु भएका कालिबहादुरको शव बुझेनन् आफन्तले, सात दिनदेखि आन्दोलनमा 


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ रेडियो नेपाल नजिकै फोरलेन सडकमा बाँगेशीमलबाट बसपार्क जाँदै गरेको फोर्स गाडीले आइतबार बिहान ठक्कर दिँदा मृत्यु भएका कालीबहादुर बुढाका आफन्त निरन्तर आन्दोलन गर्दै आएका छन् । बुढाका आफन्तले निरन्तर आइतबारदेखि आन्दोलन गर्दै आएका छन् । 

शनिबार पनि बिहानैदेखि वीरेन्द्रनगरको एरीचोकमा प्रदर्शन जारी राखेका छन् । जुम्लाको हिमा गाउँपालिका–४ का ५५ वर्षीय बुढाको वैशाख ७ गते वीरेन्द्रनगर सुर्खेतको रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको मध्यपश्चिम यातायात प्रालिको फोर्स गाडीले ठक्कर दिएको थियो । प्रदेश अस्पताल पुर्‍याइएका उनलाई डाक्टरले मृत घोषणा गरे । 

मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गर्न बाध्य भएको आन्दोलन सङ्घर्ष समिति संयोजक छत्रबहादुर शाहीले बताए । प्रहरीले गाडी चालक दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का २४ वर्षीय तेज थामीमगरलाई नियन्त्रणमा लिइसकेको छ । 

मृतकका आफन्तहरूले उचित न्याय नपाउँदासम्म शव नबुझ्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : ०५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५