गाडीको ठक्करबाट मृत्यु भएका कालिबहादुरको शव बुझेनन् आफन्तले, सात दिनदेखि आन्दोलनमा  | Khabarhub Khabarhub

गाडीको ठक्करबाट मृत्यु भएका कालिबहादुरको शव बुझेनन् आफन्तले, सात दिनदेखि आन्दोलनमा 


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ रेडियो नेपाल नजिकै फोरलेन सडकमा बाँगेशीमलबाट बसपार्क जाँदै गरेको फोर्स गाडीले आइतबार बिहान ठक्कर दिँदा मृत्यु भएका कालीबहादुर बुढाका आफन्त निरन्तर आन्दोलन गर्दै आएका छन् । बुढाका आफन्तले निरन्तर आइतबारदेखि आन्दोलन गर्दै आएका छन् । 

शनिबार पनि बिहानैदेखि वीरेन्द्रनगरको एरीचोकमा प्रदर्शन जारी राखेका छन् । जुम्लाको हिमा गाउँपालिका–४ का ५५ वर्षीय बुढाको वैशाख ७ गते वीरेन्द्रनगर सुर्खेतको रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको मध्यपश्चिम यातायात प्रालिको फोर्स गाडीले ठक्कर दिएको थियो । प्रदेश अस्पताल पुर्‍याइएका उनलाई डाक्टरले मृत घोषणा गरे । 

मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गर्न बाध्य भएको आन्दोलन सङ्घर्ष समिति संयोजक छत्रबहादुर शाहीले बताए । प्रहरीले गाडी चालक दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का २४ वर्षीय तेज थामीमगरलाई नियन्त्रणमा लिइसकेको छ । 

मृतकका आफन्तहरूले उचित न्याय नपाउँदासम्म शव नबुझ्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : ०५ बजे

भैंसेपाटीस्थित मन्त्री निवास परिसरमा छिरे प्रदर्शनकारी

काठमाडौँ- ललितपुरको भैंसेपाटीस्थित संघीय सरकारका मन्त्रीहरूको निवासमा प्रदर्शनकारी छिरेका छन्

रास्वपाको अर्घाखाँचीमा रहेको पार्टी कार्यालय तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अर्घाखाँचीमा रहेको पार्टी कार्यालय तोडफोड

प्रधानमन्त्रीलाई गगन र विश्वप्रकाशको आग्रह- राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्नुस्

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री

हिल्टनको प्राङ्गणबाट आयो धुवाँको कालो मुस्लो

काठमाडौं – हिल्टन होटेलमाथि पनि आन्दोलनकारीले आक्रमण गरेका छन् ।

मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिँदै

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिने भएका छन् ।