वैशाख १७ गते जनमत र नागरिक उन्मुक्तिबीच एकता हुने « Khabarhub

वैशाख १७ गते जनमत र नागरिक उन्मुक्तिबीच एकता हुने


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन २०७९ बाट उदाएका दुई दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते एकीकरणै हुने भएको छ ।

जनमतका प्रवक्ता डा. शरदसिंह यादवले शनिबार सूचना जारी गरेर नागरिक उन्मुक्तिसँग एकीकरणका लागि वैशाख १७ गते घोषणा सभा आयोजना गरिने जनाएका छन् । 

जनमतले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे आयोजना हुने एकीकरण घोषणा सभामा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक संगठनका सदस्यहरूलाई उपस्थित हुन भनेको छ । 

जनमतले घोषणा सभाको अघिल्लो दिन बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ । मध्य बानेश्वरस्थित पार्टी कार्यालयमा वैशाख १६ गते बेलुकी ६ बजे बस्ने बैठकमा सहभागी हुन आउँदा आ–आफ्नो नागरिकता र मतदाता परिचय पत्र लिएर आउनु पर्ने प्रवक्ता यादवले जानकारी दिए 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : ०९ बजे

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं– प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै