शिक्षक महासंघसँग छलफलमा जुटे कांग्रेस महामन्त्रीद्वय « Khabarhub

शिक्षक महासंघसँग छलफलमा जुटे कांग्रेस महामन्त्रीद्वय


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा आन्दोलनरत नेपाली शिक्षक महासंघसँग छलफलमा जुटेका छन् । सरकारसँग शनिबार भएको पहिलो चरणको वार्तापछि कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा आन्दोलनरत शिक्षक महासंघसँग छलफलमा जुटेका हुन् । 

यसअघि सभापति शेरबहादुर देउवाले वैशाख १ गते महामन्त्रीद्वय थापा र शर्मालाई बोलाएर शिक्षकका माग सम्बोधनमा सक्रिय हुन निर्देशन दिएका दिए । सभापति देउवाको निर्देशनपछि महामन्त्रीद्वय थापा र शर्माले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि त्यही दिन पार्टी कार्यालयमा अगुवा शिक्षकहरूसँग छलफल गरेका थिए । 

छलफलमा उनीहरूले शिक्षकका माग सम्बोधनका लागि पहलकदमी लिने प्रतिबद्धता जनाएका थिए । सोहीअनुरुप वैशाख १ गते बेलुकी नै संसदीय दलको कार्यालयमा महामन्त्रीद्वय र पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरसहितका नेताहरूको छलफलले पार्टीको आधिकारिक धारणाका लागि विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेका थिए । 

छलफलमा महामन्त्रीद्वय थापा-शर्मा, सहमहामन्त्री जीवन परियार, शिक्षा विभाग प्रमुख महर, पार्टीबाट विधेयक उपसमितिमा सदस्य रहेको सांसदद्वय डिगबहादुर लिम्बू र महेन्द्र राय यादव, पार्टी मुख्यसचिव पौडैललगायतको सहभागिता थियो ।

वैशाख ३ गते सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले शिक्षा उपसमितिमा छलफलका क्रममा रहेको शिक्षा विधेयकका २८ बुँदामा रहेको असहमति र विधेयकबारे पूर्ण धारणा निर्माणका लागि आवश्यक समन्वय गर्न शिक्षा विभाग प्रमुख महरलाई जिम्मेवारी दिएको थियो ।
सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग अघि सारेर देशभरका शिक्षकहरू संघीय राजधानी काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।  

विद्यालय, विद्यार्थी तथा शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नका लागि सरकारमाथि दबाब सिर्जना गर्न छाता संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा उनीहरूले आन्दोलन गरेको २५ दिन पुगिसकेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : १६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना