बेवारिसे स्कोर्पियोबाट ३ सय केजी गाँजा बरामद « Khabarhub

बेवारिसे स्कोर्पियोबाट ३ सय केजी गाँजा बरामद


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरान उपमहानगरपालिका– १३ स्थित जिरो पोइन्टमा बेवारिसे अवस्थामा भेटिएको स्कार्पियो गाडीबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ । शुक्रबार राती ९ बजे स्कोर्पियोबाट ३ सय किलो तयारी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीका अनुसार धरान–२० विष्णुपादुकाको चिण्डेडाँडा हुँदै कृषिबजारतर्फ जाँदै गरेको खैरो रङको को.१ च. ७३३५ नम्बरको स्कारपियो गाडी जिरोपोइन्ट चोकमा चालकविहीन अवस्थामा फेला परेको थियो । गाडी जाँच गर्दा पछाडिको सिटमा राखिएका कालो प्लास्टिकका १० वटा पोका फेला परेका थिए । ती सबै पोकामा गरेर ३ सय किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद स्कारपियो र गाजा इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । फरार चालकको पहिचान, गाडी मालिक  पक्राउका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : १९ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा