बेवारिसे स्कोर्पियोबाट ३ सय केजी गाँजा बरामद « Khabarhub

बेवारिसे स्कोर्पियोबाट ३ सय केजी गाँजा बरामद


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरान उपमहानगरपालिका– १३ स्थित जिरो पोइन्टमा बेवारिसे अवस्थामा भेटिएको स्कार्पियो गाडीबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ । शुक्रबार राती ९ बजे स्कोर्पियोबाट ३ सय किलो तयारी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीका अनुसार धरान–२० विष्णुपादुकाको चिण्डेडाँडा हुँदै कृषिबजारतर्फ जाँदै गरेको खैरो रङको को.१ च. ७३३५ नम्बरको स्कारपियो गाडी जिरोपोइन्ट चोकमा चालकविहीन अवस्थामा फेला परेको थियो । गाडी जाँच गर्दा पछाडिको सिटमा राखिएका कालो प्लास्टिकका १० वटा पोका फेला परेका थिए । ती सबै पोकामा गरेर ३ सय किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद स्कारपियो र गाजा इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । फरार चालकको पहिचान, गाडी मालिक  पक्राउका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : १९ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र