धरानमा ग्यारेजबाटै बस चोरी « Khabarhub

धरानमा ग्यारेजबाटै बस चोरी


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरान–८ दुर्गापथस्थित एक ग्यारेजमा राखेको बस चोरी भएको छ । घट्ना शुक्रबार बिहान ३ बजेर ३८ मिनेटमा भएको हो । सात घण्टापछि मात्र चालक विक्रम लिम्बूले बस चोरी भएको थाहा पाएका थिए ।

ग्यारेजमा राखेको बस कसरी चोरी भयो भन्नेबारे सिसिटिभी फुटेजमा देख्न सकिन्छ ।

 चालक लिम्बूले भने, ‘सिसिटिभि फुटेजमा एकजना आएर बस चलाएर आरामसाथ ग्यारेजबाट बाहिर निकाल्छन् । चोरले बस ग्यारेजबाट निकालेपछि बरगाछी, श्यामचोक हुँदै गएको देखिन्छ । त्यहाँबाट मदन भण्डारी राजमार्ग हुँदै पानवारीदेखि पुर्वतर्फ बस लगेको देखिएको छ ।’ 

बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ । प्रदेश १ को ९७४९ नम्बरको उक्त यात्रुवाहक बसको सोमबार इलाम जाने पालो थियो । चालक लिम्बू बस चोरी भएकोमा आश्चार्यमा परेका छन् ।

 उनले भने, ‘सानो चिज भएपो लुकाउनु । त्यत्रो ठूलो बस कहाँ लगेर लुकाउला ? न कागज पत्र छ । यता मेरो बस चोरी भयो भन्दा कोही साथीहरू पत्याउदैनन् ।’ 

बस चोरी भएको बारे उनले इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिइसकेका छन् । सिसिटिभि फुटेज हेर्नुभन्दा अघि उनले धरानका सबै ग्यारेजतिर पनि सोधी खोजी गरे । कुनै साथीले पो लग्यो कि भनेर पनि खोजी नीति गरेका थिए । 

उनकाअनुसार पूर्वपश्चिम हाइवेमा पर्ने खोर्साने (विराटचोक) सम्म बस पुगेको देखिन्छ त्यसपछि कता तिर चोरले लग्यो पत्ता लगाउन सकिएको छैन । धरानको तीनकुने हुदै इटहरी तिर जादा ट्राफिक चेकिङ हुन्छ भनेर मदन भण्डारी राजमार्गबाट गएको देखिएको छ ।

चोरलाई बसको बारेमा जानकारी भएको हुनसक्ने शंका लिम्बूले गरेका छन् । ग्यारेजमा बस राखेपछि चाबी कहाँ राख्छ, कसरी ढोका खोलिन्छ भन्ने बारे चोरले जानकारी पाएको आधारमा बस चोरी भएको लिम्बूले बताए । चोरी भएको बस शुक्रबारदेखि व्यापक खोजी भइरहको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपशिक्षक (डिएसपी) प्रकाश जवेगुले बताए । 

उनले भने, ‘विराटचोक देखि विराटनगर तिर गएको देखिएको छ । तर अहिलेसम्म फेला पार्न सकिएको छैन । तिव्र खोजी जारी छ ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : २८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५