हिल्सा नाका हुँदै तिब्बत जान चाहानेलाई अनुमति, ३७४ ले लिए प्रवेश पास « Khabarhub

हिल्सा नाका हुँदै तिब्बत जान चाहानेलाई अनुमति, ३७४ ले लिए प्रवेश पास


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

हुम्ला– व्यापार व्यवसायका निम्ति चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जान चाहानेलाई अस्थायी प्रवेश पास उत्तरी नाम्खा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा पुगेर जिल्ला प्रशासन कार्यालयले वितरण गरेको छ ।

पुराङ काउन्टीको ताक्लाकोटबाट तिब्बतका विभिन्न स्थानमा आवतजावत गर्न तुम्कोट, याल्वाङ, हिल्सा, यारीलगायत क्षेत्रमा पुगेर ३७४ जनालाई नयाँ अस्थायी प्रवेश पास र पुरानो नवीकरण गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

हालसम्म जिल्ला प्रशासन कार्यालयबाट सात हजार ५४५ जनाले ताक्लाकोट आवतजावत गर्न प्रवेश पास लिएका उनले जानकारी दिए ।

हिउँदयामको हिउँले यारी नाकाको ठाडो ढुङ्गा क्षेत्रको सडक नखुलेका कारण दुई घण्टाको ओरालो पैदल हिँडेर हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

गाडी यारीसम्म मात्रै जाने भएकाले हिल्सा पुग्न ओरालो दुई घण्टा र हिल्साबाट उकालो यारी पुग्न चार घण्टाको पैदल यात्रा गरी नागरिकको सेवा गरेको उनले बताए । सीमावर्ती पास वितरणका क्रममा चीनको ताक्लाकोटबाट नवीकरणका लागि बाटोमा आफूलाई पछ्याउँदै आएका दुई जनालाई वितरण गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : ३८ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर