‘लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन केन्द्र बनाउन सरकार प्रतिबद्ध छ’ « Khabarhub

‘लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन केन्द्र बनाउन सरकार प्रतिबद्ध छ’


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको  रूपमा पहिचान कायम गराउन सरकार प्रतिबद्ध रहेको उद्घोष गरेका छन् । 

 शनिबार लुम्बिनीमा आयोजित  चौथो एसियाली बौद्व सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।

 मन्त्री पाण्डेले भने ,लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन, चिन्तन र मननको केन्द्रको रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्ध रहेको छ ।विश्वविख्यात योजनाविद् केन्जो टांगको गुरूयोजनालाई आधारमा लिई रामग्राम, देवदह, तिलौराकोटगोटिहवा र निग्लिहवा जस्ता धार्मिक ऐतिहासिक स्थलहरू समेट्दै लुम्बिनी क्षेत्रको एकीकृत विकास गर्ने लक्ष्य लिएको छ। उनले बौद्व धर्मावलम्बीको मर्मलाई आत्मसात् गर्दै स्थानीय समुदायको अपनत्व र प्रकृति र विकासको सन्तुलन आवश्यक छ।’

उनले संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान को सोचलाई आत्मसात् गर्दै लुम्बिनीको विकास र प्रवर्द्धनका लागप संयुक्त राष्ट्र संघका १६ वटा राष्ट्रहरू सम्मेलित अन्तर्राष्ट्रिय समितिलाई पुनट: सक्रिय बनाउनका लागि यसै वर्ष बैठक आव्हान गर्ने समेत विश्वास दिलाए। 

एसिन बुद्विष्ट कलेचरल फेष्टिभलले लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्न समेत टेवा पुग्ने बताए । मन्त्री पाण्डेले लुम्बिनी विकास कोषको एेन संशोधन गरिने समेत बताए।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा थाईल्याण्ड, कम्बोडिया, चीन लगायतका ५० मुलुकका भिक्षुहरूका साथै बौद्व धर्मावलम्बीको उपस्थिति रहेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  २ : २४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५