मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा जाँदै | Khabarhub Khabarhub

मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा जाँदै


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय भ्रमण टोली भारत भ्रमणमा जाने भएको छ । 

शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी मुख्यमन्त्री कमलबहादुर शाहले भारत सरकारको निमन्त्रणामा बैशाख १६ गते देखि २२ गते भारत भ्रमण जान लागेको जानकारी दिए । उनी नेपालको इतिहासमा पहिलो पटक प्रदेश सरकारलाई भारत सरकारले औपचारिक रुपमा निमन्त्रणा गरेको बताए । 

‘प्रदेश सरकारले यसलाई उपलब्धीको रुपमा लिएको छ’, मुख्यमन्त्री शाहले भने ।

भारत भ्रमणका क्रममा प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलन, उर्जा, पर्यटन, कृषिलगायतका विषयमा छलफल हुनेछ । टोलीले भारतको दिल्ली, देहरादुन, अयोध्या र लखनउ लगायतका ठाउँको भ्रमण गर्नेछ ।

पहिलो दिन भ्रमण टोली काठमाडौँबाट हवाईमार्ग भएर दिल्ली जानेछ, दोस्रो दिल्लीमा सङ्घीय मन्त्रीसँगको भेटघाट, विवेकानन्द अन्तराष्ट्रिय फाउण्डेसन सङ्घसँग अन्तरक्रिया रहेको छ । क्रमश टोलीले भारतीय कृषि अनुसन्धान संस्थाको भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्र सहित पर्यटकीय क्षेत्रको भ्रमण, उत्तरखण्ड मुख्यमन्त्री तथा कृषिमन्त्रीसँगको भेट पश्चात लखनउबाट स्थलमार्ग हुँदै कैलाली आउने कार्यक्रम तय भएको छ ।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा। जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट भ्रमण टोलीमा रहेका छन्।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  २ : ३० बजे

पोखरालाई हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि

काठमाडौं – ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)को उपाधि

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं – बूढानीलकण्ठ नगरपालिका–८ सुन्दरबस्तीमा बसोबास गर्ने ६० वर्षमाथिका ५०

प्रदेशमा खेलकुद ग्राम निर्माण गर्नेछौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रको विकासका लागि

आजका समाचार : सरकार नढल्नेमा ओली ढुक्क, शिक्षक-सरकारबीच वार्ता र ट्रम्प र जेलेन्स्कीले गरे भेट

प्रधानमन्त्रीको टिप्पणी- सरकार ढल्छ भन्नेहरू अहिले गल्न थालेका छन्प्रधानमन्त्री एवं

आतङ्कवादलाई विश्वबाटै परास्त गरौँ : मन्त्री भण्डारी

महोत्तरी– श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले