बौद्ध शिक्षा संसारभर फैलाउनुपर्छ : प्रधानमन्त्री ओली « Khabarhub

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्छ : प्रधानमन्त्री ओली


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व र द्वेष बढेको  वर्तमान अवस्थामा बैद्ध धर्मका प्रवर्तक महात्मा बुद्धद्वारा प्रतिपादित शान्तिको मार्गमा हिँड्न सबैलाई प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै उनले बुद्धले देखाएको अहिंसा र शान्तिको मार्गलाई संसारभर फैलाउने बेला आएको पनि बताएका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले यस किसिमका कार्यक्रमले लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध दर्शन र शिक्षाको अझ ठूलो केन्द्रबिन्दु बनाउन सहयोगी हुने विश्वास व्यक्त भने ।

प्रधानमन्त्रीले दुनियाँमा युद्धका बादलहरू मडारिरहेको अवस्थामा युद्ध गर्नका लागि, सैन्य शक्तिलाई परिचालन गर्नका लागि जल, स्थल र आकाश सबै ठाउँबाट सबै ठाउमा युद्ध गर्न सकिने अत्याधुनिक हतियार निर्माण भएका छन्, विश्वशान्तिका लागि चुनौती बनेका बताए। 

‘संसारमा खतरनाक हतियार निर्माण भएका छन्, युद्ध र हिंसाबाट शान्ति स्थापना हुँदैन’, उनले भने । 

उनले बौद्धधर्म, कला, साहित्य, इतिहास, अनुसन्धान र अन्तरसंवादका माध्यमबाट एसियाली बौद्धसंस्कृति र सम्पदाको प्रवर्द्धन गरी विश्वशान्ति स्थापनामा महोत्सवबाट सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।  

प्रधानमन्त्री ओलीले दुनियाँमा अशान्ति मच्चिरहेका बेला नेपालको अगुवाइमा गौतमबुद्धले देखाएका अहिंसा, शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताए। उहाँले लुम्बिनीमा बुद्धका विचारहरुका बारेमा शिक्षा ग्रहण गर्ने, प्रवचन दिने, मन्थन गर्ने, ध्यान विपश्यना गर्नेजस्ता कार्यक्रमका लागि उपयुक्त स्थानको व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको ध्यानाकर्षण गराए। 

बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रित रहेर ४० वटा कार्यपत्र महोत्सवमा प्रस्तुत गरिने जनाइएको छ । 

महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । महोत्सवमा ४० देशका प्रतिनिधि सहभागी छन् । महोत्सव लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएको हो । 

महोत्सव बौद्धदर्शन र संस्कृतिको प्रवर्द्धन गरी विश्वमाशान्ति,  सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेसन नेपाल र चिनियाँ संस्कृति प्रवर्द्धन समाजले आयोजना गरेको हो । 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  २ : ४४ बजे

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित