अमेरिकामा दादुराका ८०० भन्दा बढी बिरामी भेटिएको पुष्टि « Khabarhub

अमेरिकामा दादुराका ८०० भन्दा बढी बिरामी भेटिएको पुष्टि


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको पुष्टि भएको छ । गत वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि हो । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ मा अहिलेसम्म देशभर ११ वटा दादुराका प्रकोप देखिएका छन् ।

सीडीसीले प्रकोपलाई तीन वा तीनभन्दा बढी सम्बन्धित सङ्क्रमणको रूपमा परिभाषित गरेको छ । अमेरिकाका ३० क्षेत्रका ९४ जना अस्पताल भर्ना भएका छन् भने तीन जनाको मृत्यु भएको छ । 

सन् २०२४ मा दादुराका कुल २८५ जनामा दादुरा देखिएको थियो भने सन् २०२४ को तुलनामा यस वर्ष दादुराका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सीडीसीले दादुराबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको खोप नै हो भन्ने कुरामा जोड दिएको छ । 

दादुरा, मम्प्स, रुबेलाजस्ता रोगबाट बच्न सम्बन्धित खोपको दुई मात्रा निकै प्रभावकारी हुन्छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ३ : ०२ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा