अमेरिकामा दादुराका ८०० भन्दा बढी बिरामी भेटिएको पुष्टि « Khabarhub

अमेरिकामा दादुराका ८०० भन्दा बढी बिरामी भेटिएको पुष्टि


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको पुष्टि भएको छ । गत वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि हो । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ मा अहिलेसम्म देशभर ११ वटा दादुराका प्रकोप देखिएका छन् ।

सीडीसीले प्रकोपलाई तीन वा तीनभन्दा बढी सम्बन्धित सङ्क्रमणको रूपमा परिभाषित गरेको छ । अमेरिकाका ३० क्षेत्रका ९४ जना अस्पताल भर्ना भएका छन् भने तीन जनाको मृत्यु भएको छ । 

सन् २०२४ मा दादुराका कुल २८५ जनामा दादुरा देखिएको थियो भने सन् २०२४ को तुलनामा यस वर्ष दादुराका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सीडीसीले दादुराबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको खोप नै हो भन्ने कुरामा जोड दिएको छ । 

दादुरा, मम्प्स, रुबेलाजस्ता रोगबाट बच्न सम्बन्धित खोपको दुई मात्रा निकै प्रभावकारी हुन्छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ३ : ०२ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा