सांसदलाई ओलीको निर्देशन- जस्तो पायो त्यस्तो विधेयक पारित नगर्नू « Khabarhub

सांसदलाई ओलीको निर्देशन- जस्तो पायो त्यस्तो विधेयक पारित नगर्नू


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका सांसदहरूलाई जस्तो पायो त्यस्तो विधेयक पारित हुन नदिन निर्देशन दिएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठक सम्बोधनका क्रममा ठीक विधेयक पारित गर्न निर्देशन दिएका हुन् । 

‘हामीले थुप्रै विधेयकहरू यस अधिवेशनमा पारित गर्नुपर्ने छ । विधेयक जसो पायो त्यसै पारित हुन नदिनुस्,’ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सांसदहरूलाई भने, ‘विधेयक ठीक विधेयक पारित गर्नुस् । ठीक ढंगले पारित गर्नुस् ।’ 

गलत विधेयकले वैचारिक र व्यवहारिक हिसाबले देशलाई गलत दिशातर्फ लैजाने उनले बताए ।

 ‘विधेयक ठीक पारित भएन भने गलत विधेयकले देशलाई वैचारिक हिसाबले गलत दिशामा लान सक्छ,’ ओलीले भने, ‘व्यवहारिक हिसाबले गलत दिशामा लैजान सक्छ ।’ 

गलत विधेयकको प्रत्यक्ष असर जनतालाई सेवा-सुविधा पुर्‍याउने कामदेखि मजदुर-किसानसम्मलाई अप्ठ्यारो पर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

 ‘जसको प्रत्यक्ष असर जनतालाई सेवा–सुविधा पुर्‍याउने कुरामा पार्न सक्छ,’ उनले भने, ‘उद्यमी–व्यवसायीलाई अप्ठ्यारोमा पार्ने कुरामा, विकासका कामलाई अप्ठ्यारो पार्ने कुरामा, मजदुर–किसानलाई अप्ठ्यारो पार्ने कुरामा पुर्‍याउन सक्छ ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ३ : ३९ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर