सांसदलाई ओलीको निर्देशन- जस्तो पायो त्यस्तो विधेयक पारित नगर्नू « Khabarhub

सांसदलाई ओलीको निर्देशन- जस्तो पायो त्यस्तो विधेयक पारित नगर्नू


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका सांसदहरूलाई जस्तो पायो त्यस्तो विधेयक पारित हुन नदिन निर्देशन दिएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठक सम्बोधनका क्रममा ठीक विधेयक पारित गर्न निर्देशन दिएका हुन् । 

‘हामीले थुप्रै विधेयकहरू यस अधिवेशनमा पारित गर्नुपर्ने छ । विधेयक जसो पायो त्यसै पारित हुन नदिनुस्,’ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सांसदहरूलाई भने, ‘विधेयक ठीक विधेयक पारित गर्नुस् । ठीक ढंगले पारित गर्नुस् ।’ 

गलत विधेयकले वैचारिक र व्यवहारिक हिसाबले देशलाई गलत दिशातर्फ लैजाने उनले बताए ।

 ‘विधेयक ठीक पारित भएन भने गलत विधेयकले देशलाई वैचारिक हिसाबले गलत दिशामा लान सक्छ,’ ओलीले भने, ‘व्यवहारिक हिसाबले गलत दिशामा लैजान सक्छ ।’ 

गलत विधेयकको प्रत्यक्ष असर जनतालाई सेवा-सुविधा पुर्‍याउने कामदेखि मजदुर-किसानसम्मलाई अप्ठ्यारो पर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

 ‘जसको प्रत्यक्ष असर जनतालाई सेवा–सुविधा पुर्‍याउने कुरामा पार्न सक्छ,’ उनले भने, ‘उद्यमी–व्यवसायीलाई अप्ठ्यारोमा पार्ने कुरामा, विकासका कामलाई अप्ठ्यारो पार्ने कुरामा, मजदुर–किसानलाई अप्ठ्यारो पार्ने कुरामा पुर्‍याउन सक्छ ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ३ : ३९ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा