जलवायु परिवर्तनबाट बालबालिका र युवाहरू बढी प्रभावित : मन्त्री शाही « Khabarhub

जलवायु परिवर्तनबाट बालबालिका र युवाहरू बढी प्रभावित : मन्त्री शाही


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट बालबालिका र युवाहरू प्रभावित भएको बताएका छन् । 

नेपाल सरकार तथा संयुक्त राष्ट्र सङ्घ नेपालको संयुक्त आयोजनामा भएको ‘वायु संवादः नेपालको जलवायु मुद्दाको केन्द्रमा बालबालिका तथा  युवा’ कार्यक्रममा उनले भने, ‘जलवायु परिवर्तनका कारण बालबालिका तथा युवाहरूको स्वच्छ जीवन, स्वच्छ हावा, स्वच्छ पानी र हरियाली वतावरणमा बाँच्न पाउने अधिकार हनन भएको छ ।’ 

उनले जलवायु परिवर्तनले पारेको असरबारे सरकारले पैरवी र बहस तथा न्यूनीकरणमा निरन्तर प्रयासरत रहेको बताए।

वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले बालबालिका र युवामा लगानी गर्नुपर्ने बताए। 

उनले भने, ‘बालबालिका र युवा नै हाम्रा सम्पत्ति हुन् । ती सम्पत्तिलाई उग्रने र उम्रिने मौका सिर्जना गर्नुपर्ने आवश्यकता छ । बालबालिका तथा युवामा लगानी गरौँ । जलवायू परिवर्तन बारे बुझौँ आत्मसाथ गरौँ । संकट न्यूनीकरणमा सबैले काम गरौँ ।’

नेपालका लागि संयुक्त राष्ट्र सङ्घका कार्यवाहक आवासीय संयोजक एलिस् अकुङ्गाले सबै बालबालिकाले सुरक्षित र स्वस्थ वातावरणमा हुर्कन पाउने अधिकार राख्नुपर्ने धारणा राखे। 

उनले भने, ‘जलवायु परिवर्तनले यस अधिकारलाई दैनिक रूपमा जोखिममा पारिरहेको छ ।’

युनिसेफका दक्षिण एसिया क्षेत्रीय जलवायु सल्लाहकार रक्षा राजेश्वरी थापाले नेपाल जलवायु परिवर्तनको असरबाट बालबालिका तथा युवाहरू बढी प्रभावित भएको बताए। अत्यधिक गर्मी, भीषण वर्षा, जलवायुजन्य विपद् र प्रदुषित हावापानीले स्वास्थ्यमा जोखिम पारिरहेको उल्लेख गरे। 

शिखर सम्मेलन सगरमाथा संवादको एक भागका रूपमा बालबालिका र युवाहरूमा समर्पित रहेको जनाइएको छ । यो नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घ नेपाल र देशका युवा सञ्जालहरूले संयुक्त रूपमा आयोजना गर्ने युवा-नेतृत्वको कार्यक्रम हो ।

कार्यक्रममा देशभरिका १०० भन्दा बढी बालबालिका तथा युवाहरू सहभागी छन् । यो राष्ट्रिय संवाद नेपाल सरकारको आयोजनामा हुन गइरहेको अन्तर्राष्ट्रिय सगरमाथा संवादको अगाडि बालबालिका तथा युवाको नेतृत्वमा जलवायु परिवर्तन प्रतिकार्यका विषयमा केन्द्रित कार्यक्रम थियो । 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ४ : ५४ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा